काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै सोमबार काठमाडौं सहित देशैभर प्रदर्शन भएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको आयोजनामा सोमबार काठमाडौंको रत्नर्पाकस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको छ ।

त्यसक्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले एमसीसी सम्झौता लामो समयसम्म गुपचुप राखिएको भन्दै अहिले संसदबाट जसरी पनि पास गर्ने भन्ने सरकारको प्रयास आपत्तिजनक भएको बताउनुभयो । उहाँले एमसीसी संसदबाट पास भए नेपाल अमेरिकी साम्राज्यवादको अखडा बन्ने बताउनुभयो । त्यसले नेपालको स्वतन्त्र परराष्ट्र नीतिको उल्लंघन गर्ने पुरीले बताउनुभयो ।

यस्तै, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले ५०/६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताउनुभयो । एमसीसी परियोजना संसदबाट कुनै पनि हालतमा पास गर्न नहुनेमा प्रवक्ता पुरीले जोड दिनुभयो ।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाले सम्बोधन गर्दै एमसीसीको पुष्ठभूमी सहित नेपालमा किन एमसीसी लागू गर्न खोजिँदैछ भन्ने स्पष्ट पार्नुभएको थियो ।

‘अमेरिकाको ट्विन टावरमाथि भएको आतंकवादी हमलापछि त्यहाँको संसदले सन् २००३ मा अमेरीकाले गरिब राष्ट्रहरुमा लगानी लगाउनु पर्दछ र त्यो लगानी अमेरीकाको स्वार्थ अनुसार हुनु पदर्छ भन्ने कानुन पारित गरेको थियो र त्यसै अनुसार सन् २००४ मा एमसीसी गठन गरेको हो’ उहाँले भन्नुभयो ।

नेपालमा पनि शेरबहादुर देउवाको पालामा नेपालमा पनि एमसीसी लागु गर्नु पर्छ भनिएको तर, त्यसलाई त्यसबेला एमसीसी गुपचुप राखिएको बुढाले बताउनुभयो । विरोध सभाको सञ्चालन राजमो काठमाडौं जिल्ला सचिव छवि खनालले गर्नुभएको थियो ।

एमसीसीको बिरोधमा राष्ट्रिय जनमोर्चा पाल्पाले तानसेनको आन्दोलन चोकमा बिरोध सभा सम्पन्न गरेको छ । जनमोर्चाको केन्दि«य कार्यक्रम अनुसार देशका ७७ जिल्लामा बिरोध सभा गरिएको हो । बिरोध सभामा अखिल नेपाल युबक संघका केन्दि«य अध्यक्ष अनिल किशोर घिमिरेले एमसीसीमा उल्लेखि बुदाहरु राष्ट्रको हितमा नभएको भन्दै अमेरिकाले संसारका बिभिन्न राष्ट्रहरुमा आफ्नो साम्राज्य बिस्तार गर्न लागेको आरोप लगाउनुभयो । राष्ट्रिय जनमोर्चाका केन्दि«य सदस्य सोम कुमार कार्कीले एमसीसीको बिरोध गर्नुपर्ने कारण स्पष्ट पार्दै बर्तमान प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापती शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गराउन लागिपरेको बताउनुभयो । उहाँले तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अमेरिका सामुन्य लम्पसार परेको आरोप लगाउनुभयो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बिशाल दर्लामीले एमसीसी नेपालको हितमा नभएको र एमसीसीको सम्झौत च्यातेर बिरोध गरिएको बताउनुभयो ।

परासी । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरुद्धमा राष्ट्रिय जनमोर्चा नवपरासीले २०७७ जेष्ठ २६ गते विरोधसभा सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख वक्ता वामपन्थी नेता कृष्ण पौडेल हुनु हुन्थ्यो । सो अवसरमा मन्तव्य राख्दै्र उहाँले एमसिसी नेपाललाई अमेरिकाको पन्जामा बुझाउने रणनीतिअनुसार ल्याइएको बताउनुभयो । ‘यो राष्ट्रघाती सम्झौता हो, यसलाई संसदबाट पास गर्ने होइन, सिधै खारेज गर्नुपर्छ’ नेता पौडेलले भन्नुभयो । सो अवसरमा फरक प्रसङ्गमा कुरा राख्दै नेता पौडेलले कोरोनाको नाममा भ्रष्टाचार मौलाएको त्यसको जनस्तरबाट विरोध गर्नुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो ।

राजमो नवलपारसीका अध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षता तथा उत्तम खरेलको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटा, नेकपा (क्रान्तिकारी–माओवादी) का जिल्ला सदस्य पे्रम रिमाल, नेकपा (माले) का भरत पाण्डे, समाजसेवी देवी घिमिरे र राजमोका जिल्ला सदस्य इन्द्रकुमारी रोक्काले पनि मन्तव्य राख्नुभएको थियो ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै बाँकेका राजनीतिक दलहरु सयुक्तरुपमा प्रदर्शन गरेका छन् । नेकपा (मसाल),राष्ट्रिय जनमोर्चा,नेकपा (क्रान्तिकारी) माओवादी लगायत राजनीतिक दलहरुद्वारा आयोजीत एमसीसी तथा भारतले गरेको सिमा अतिक्रमण विरुद्वमा आज कोहलपुरमा बिरोध सभा गरिएको हो ।

आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेकपा (मसाल)का पूर्व प्रवक्ता तथा पूर्व सांसद हरि आचार्यले इन्डोप्यासिफिक रणनीति अन्तरगत आएको अमेरिकासंगको राष्ट्रघाटी सम्झौता देशकोलागी आत्मघाती भएकोले यसलाई तत्काल खारेज गर्नुपर्ने बताउनुभयो । त्यस्तै,उहाँले कालापानी,लिपुलेख,लिम्पियाधुरा लागएत भारतले अतिक्रमण गरेका नेपाली भुमी तत्काल फिर्ता ल्याउन कदम चाल्न सरकारसंग माग गर्नुभएको भयो।

बिरोध जूलूस न्युरोडबाट कोहलपुर बजार परिक्रमा गर्दै एनटिभी रोडमा पुगि बिरोध सभामा परिणत भएको थियो। उक्त बिरोध सभामा नेकपा माओवादी (केन्द्र)का पिबिएम नरेश शाही ,नेकपा क्रान्तिकारी (माओवादी) का केन्द्रीय सदस्य अर्जुन शाही, लगाएत नेताहरूले सरकारद्वारा गरिएको एमसीसी सम्झौता संसदद्वारा पास नगरि खारेज गर्न माग गर्नुभएको थियोे ।

राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन नेकपा क्रान्तिकारी (माओवादी) बाँकेका सदस्य हरिकृष्ण न्यौपानेले गर्नुभएको थियो।

एमसीसी विरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

हालै सरकारको निति तथा कार्यक्रम र आर्थिक बजेट २०७७/०७८ मा एमसिसी समावेश गरिएको र सरकारले यसलाई पारित गराउन विभिन्न प्रयत्न गरेको भन्दै विरोध स्वरुप प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष दधिराम आचार्यले जानकारी दिनुभयो ।

ज्ञापन पत्रमा एमसीसी सम्झौता गरे नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनता मा गम्भिर संकट पर्ने भन्दै यसले नेपालको संविधान र कानुनलाई समेत निष्कृय बनाईदिने हुदा नेपाली जनताको भावना विपरित पारित नगराउन गम्भिर ध्यानाकर्षण गरिएको जनाईएको छ ।

कार्यक्रममा नेकपा (मसाल)का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान संघ केन्द्रीय उपाध्यक्ष शिवप्रसाद पौडेल,अखिल नेपाल बुद्धिजीवि संघ कपिलवस्तुका संयोजक शशि सापकोटा लगाएको उपस्थिति रहेको थियो ।

गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मीले सदरमुकाम तम्घासमा एमसीसी सम्झौता विरुद्ध बिरोध प्रदर्शन गरेको छ । राजमो जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्षयतामा अगाडि बढेको विरोध कार्यक्रमको सञ्चालन शंकरप्रसाद पोख्रेलले गर्नुभएको थियो ।

विरोध शभामा राजमो जिल्ला सदस्य हरि न्यौपाने र कमल अर्यालले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल जनाजाती सम्मेलन जिल्ला अध्यक्ष गुमान सिङ पुन, राजमो जिल्ला कोषाध्यक्ष टेक बहादुर केसीको पनि अथिथ्यता रहेको थियो ।

सामाजिक दूरी कायम राख्दै राजमो तम्घासको कार्यालयबाट ब्यानर तथा प्लेकार्डसहित अघि बढेको जुलुशमा सहभागीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, भारतीय सेना नेपाल भूमी छोड, भारतीय साम्राज्यवाद मुर्दाबाद, कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, राष्ट्रिय जनमोर्चा जिन्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दाबाद, जस्ता नारा लगाउँदै तम्घासको सहिद चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

अत्तरिया । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय जनमोर्चा कैलालीको आयोजनामा सोमबार बिहान अत्तरिया चोकमा विरोध प्रदर्शन गरिएको हो ।

त्यसक्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले एमसीसी परियोजना संसदबाट कुनै पनि हालतमा पास गर्न नहुने बताउनुभयो । एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उहाँले चेतावनी दिनुभयो ।

कार्यक्रममा राजमो केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष नन्दराज भट्ट, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, जातीय समता समाजका महासचिव गोबिन्द बिक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष हिरा सिंह चन्द, युवक नेता प्रशान्त थापा लगायतले सम्बोधन गर्नुभएको थियो ।

पोखरा । कास्की जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले एमसीसीविरुद्ध संयुक्त रुपमा विरोध प्रदर्शन आयोजना गरेका छन् ।

राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी (माओवादी) र नेकपा माओवादीले एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्।
सिर्जना चोकबाट विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर जुलुस सहित पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । त्यस क्रममा सहभागीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, लिप्याधुरा, लिपुलेकलगाएत मिचिएका जमिन फिर्ता गर जस्ता नारा लगाएका थिए ।

जुलुशपछि आयोजित कोण सभालाई राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा माओवादीका नेता भोज बहादुर त्रिपाठी र नेकपा (क्रान्तिकारी माओवादी) का रामजी थापाले सम्बोधन गर्नुभएको थियो ।

एमसिसिका विरुद्ध राजमो नवलपुरले विरोध कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रममा अन्टुकका केन्द्रीय उपाध्यक्ष तथा कावा महासचिव सालिक राम सापकोटा, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती पौडेल, नेपाल कम्यूनिष्ट पार्टी (मसाल)का जिल्ला प्रवक्ता लेखनाथ पौड्याल र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दिपक पाण्डेले विरोध सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको संचालन बुद्धिजीवी संगठनका देवराज पौडेलले गर्नु भएको थियो ।

रौतहट राष्ट्रिय जनमोर्चा रौतहटले झुनखुनवा चौकमा एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेको छ राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष हरिकिशोर महतोको अध्यक्षतामा अगाडि बढेको विरोध कार्यक्रमको सञ्चालन शेख सलाहुदिनले गर्नुभएको थियो
विरोध सभामा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य शेख कारीक र शेख नुरुलहक र प्रमोद साह नगर कमिटी लालबाबु साहले मन्तब्य राख्नुभएको थियो
सामाजिक दुरी कायम राख्दै राष्ट्रिय जनमोर्चा रौतहटले अघि बढेको जुलुशमा सहभागीहरुले राष्ट्रिधाती एमसीसी सम्झौता खारेज गर , भारतीय सेना नेपाल भूमि छोड, भारतीय साम्राज्यवाद मुर्दाबाद कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो राष्ट्रिय जनमोर्चा जिन्दावाद अमेरिकी साम्राज्यवाद मुर्दाबाद जस्ता नारा लगाउँदै रौतहटको झुनखुनवा चौकमा पुगी कोणसभामा परिणत भएको थियो

दाङ,

नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहित दाङमा कृयाशील पाँच राजनैतिक दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरुद्धमा विरोधसभा सम्पन्न गरेका छन् ।

विरोधसभामा बोल्ने वक्ताहरूले एमसिसी सम्झौता लागु भएमा देशको राष्ट्रियता, अखण्डता, स्वाधीनता कमजोर हुने तथा देशको असंलग्न परराष्ट्र नीतिको समेत धज्जी उड्ने बताए ।

कुनै पनि शर्तमा एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै वक्ताहरूले त्यो सम्झौता तत्कालै खारेज हुनुपर्ने कुरामा जोड दिए । विवादास्पद एमसिसी सम्झौताको देशव्यापी विरोध भइरहेका बेला सरकारले आव २०७७/७८ को बजेटमा उक्त सम्झौताको योजनासमेत अगाडि बढाएको भन्दै उनीहरू सरकारलाई खबरदारी गरे ।

कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य , नेकपा (क्रान्तिकारी–माओवादी) का केन्द्रीय सदस्य समीर केसी, नेकपा (माले) का जिल्ला सचिव नेत्रप्रकाश पाण्डे, देशभक्त जनगणतान्त्रिक मोचार्का जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडेलगायतले मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गर्नुभएको थियोे ।

बुटवल,

मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको बिरोध गर्दै सोमबार देशभर बिरोध गरिएको छ । एमसीसी सम्झौता राष्ट्रको हित विपरित भएको भन्दै नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जागरण परिषद्, नेपाल लगायतका बिभिन्न दलले रुपन्देहीको बुटवलमा पनि बिरोध गरेका छन् ।

संसदबाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हित बिपरित नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै सरकारको बिरोध गरेका छन् । सोही कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदीले एमसीसीका कारण बैदेशीक हस्तक्षेप बढेको बताउनु भयो ।

उहांले एमसीसी खारेज गर्नका लागि सरकारका बिरुद्व सशक्त प्रकारको आन्दोलन उठाउनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा रुपन्देही अध्यक्ष बद्रे आलमले सरकारले ल्याउन लागेको एमसीसी परियोजना संसद र सदनबाट फेल गराउनुको विकल्प नभएको बताउनु भयो ।

एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उहांको तर्क छ । उहांले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताउंदै कालापानी क्षेत्रको लिपुलेक लिम्पियाधुरा र भारतद्वारा ७१ ठाउंमा मिचिएको नेपाली भूमि फिर्ताका लागि अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी मालेका स्थायी समिति सदस्य गोपालमणि गौतमले संसदबाट एमसीसी पास गराएर सरकारले नेपाली जनतालाई झुक्काउन लागेको बताउनु भयो । नेकपा माओवादी केन्द्रका सचिव विनोद उपाध्यायले एमसीसी पास भए शिदेशीले नेपालको भूमिलाई प्रयोगशालाको रुपमा प्रयोग गर्ने भएकाले एमसीसी फेल गराउन आन्दोलन आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय जागरण परिषद् नेपाल, रुपन्देही अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको सम्झौताबाट अमेरिकन लगानी भित्राएर सरकारले नेपाली जनताको नाममा व्यापार गर्न लागेको दावी गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीको अध्यक्षता र मजीव ओलीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने विभिन्न दलका नेताहरुले विश्वभर फैलिएको कोरोना भाइरसबाट त्रसति हुन नहुने र कोरोना उपचार, रोकथाम तथा नियन्त्रणको विषयमा सरकारले उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् ।