काठमाडौं । कोरोना संक्रमणका कारण स्याङजाका एक वृद्धको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय वृद्धको निधन भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन आचार्यका अनुसार निर्देशिका अनुसार उनको पोखराको रामघाटमै दाहसंस्कार गर्ने तयारी भएको छ ।

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ। त्यसमध्ये ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्केका छन्