राष्ट्रिय जागरण अभियानको  मिती २०७७ जेठ १८ गते अनलाइन बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपाल सरकारले जारी गरेको नयाँ राजनैतिक तथा प्रशासनिक नक्शा अनुरूपको निसान छाप बनाउन सरकारले आज संसदमा पेश गरेको “नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७को स्वागत गरेको छ ।

त्यसैगरी अभियानले सरकारले छ्द्म तरिकाले नीति तथा कार्यक्रम र बजेटमा एमसीसीलाई प्रवेश गराएको कुराको कडा शब्दमा विरोध जनाएको छ । वक्तव्यमा भनिएको छ एमसीसीलाई संसदबाट पारित गरिए त्यसले देशको राष्ट्रियता र सार्वभौमसत्ता प्रति गम्भीर आघात पुर्याउने निश्चित छ यसर्थ एमसीसीमा उल्लेखित सर्तहरूलाई परिमार्जन सहित पारित गर्ने होइन त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नु पर्नेमा राष्ट्रिय जागरण अभियानले विशेष जोड दिन्छ ।

अभियानले अाफ्नो कार्यसमिति नयाँ १० जना सदस्यहरु अनुमोदन गरे स‌ंगै अब राष्ट्रिय जागरण अभियान १७ सदस्यीय कार्यसमिति बनेकाे छ । जसमा  १. सन्त बहादुर नेपाली (संयोजक–अर्घाखाँची ) , २. गोविन्दसिंह थापा (काठमाडौँ) , ३. शशिधर भण्डारी (दाङ) ४. सुर्या थापा (काठमाडौँ), ५. नारायण शर्मा (स्याङ्जा), ६. गौरिलाल कार्की (बाँके) , ७. बाबुराम आचार्य (रूपन्देही), ८. सागर कुँवर (बागलुङ), ९. लक्ष्मी रिजाल उदय (कैलाली), १०. गुणनिधी आचार्य (बाँके), ११. हिमलाल वाग्ले (कपिलवस्तु), १२. रेशम गिरि (बागलुङ), १३. लिलाधर पुन (प्युठान), १४. अर्जुन शर्मा (कास्की), १५. सुमन भण्डारी (रूपन्देही), १६. हुकुम बहादुर साउद (कैलाली), १७. निष्नु थिङ (सर्लाही) ।

वक्तव्यको पूर्ण पाठ हेर्नुहाेस :