दीपक पौडल
सरकारले कालापानी , लिपुलेक , लिम्पियाधुरा सहित समेटिएको नक्सा जारी गरेको छ यसबाट नेपाली जनता प्रसन्न भएकाछन्। भारतीय दबाबका बाबजुद नक्सा जारी गर्ने कदमलाई हामी सकारात्मक मान्दछौं । यो काम एउटा शुरुआत मात्र हो । भारतीय बिस्तारबाद यो कार्यबाट असन्तुष्ट छ । उसले विभिन्न दबाब , प्रलोभन देखाएर यो कार्यलाई पुर्ण हुननदिन वा फिर्ता गराउन धेरै प्रयत्न गर्नेछ। जारी नक्सा अनुसार जमिन नियन्त्रणमा लिन र बैधानिकता प्राप्त गर्न ठुलै राजनीति ईच्छा शक्ति चाहिन्छ । नेपाली शासकसंग त्यसप्रकारको ईच्छा शक्ति हुनेछ वा छैन भोलिका दिनमा देखिदै जानेछ । हामीलाई अाशा छ जनताको दबाबले नेतृत्वमा त्यसप्रकारको ईच्छा शक्तिको बिकास हुनेछ ।

महाकाली सन्धिको समयमा महाकाली सन्धिले नेपालमा ठुलो फाईदा हुने, अर्बौं रुपैया नेपाली कोषमा जम्मा हुने । पश्चिमबाट घाम उदाउने लगायतका फाइदाको ठूलो प्रचार गरिएको थियो । अहिलेसम्म उक्त सन्धिबाट नेपाललाई एकसुका प्राप्त भएको छैन । उक्त सन्धिको कारण सीमा समस्या थप जटिल बनेको छ । महाकाली सन्धिबाट ठूलो फाइदा हुन्छ भन्नेहरु अहिले MCC बाट ठूलो फाइदा हुन्छ भनेर हल्ला गरिरहेका छन् । MCC ले नेपालको राष्ट्रिय स्वाधीनता , स्वतन्त्रता माथि हस्तक्षेप गर्नेछ । स्वाधीनता र स्वतन्त्रता भन्दा ठूलो देशकालागि केही हुन सक्दैन । MCC बाट प्राप्तहुने रकम कर नतिरेका केही कम्पनीबाट कर उठाउन सकेमात्र राज्यकोषमा जम्मा हुन्छ । नेपालका साधन श्रोतको राम्रो परिचालन हुनसकेको छैन , यदि नेपालका साधन श्रोत राम्रोसँग परिचालन गर्न सक्ने हो भने अार्थिक रुपमा कसैसँग हात थाप्न पर्दैन । तर हात थाप्ने अभ्यास भएकाहरुलाई हात थाप्नै सजिलो हुनेरहेछ। अहिले MCC को नाममा हात थाप्न अातुर देखिएका छन् , नेपालका दलालहरु ।

अहिले देशमा MCC को चर्को बिरोध भएको छ । सत्तारूढ दलमा समेत MCC को बिपक्षमा ठूलो मत छ । अोली कमरेडले MCC को पक्षमा पार्टीमा निर्णय गराउन सकेका छैनन् । अोली कमरेड पार्टीमा उक्त बिषय पास गर्न असक्षम बनेपछि घुमाउरो पाराले निति तथा कार्यक्रममा र प्रतक्ष रुपमा बजेटमा प्रश्तुत गेका छन् । यसको चौतर्फी अालोचना भएको छ । डबल नेकपाका अन्य नेताहरुले पार्टीमा छलफल गर्नुपर्ने , संसदमा छलफल गर्नुपर्ने माग गरेका छन् । यस्तो अवस्थामा अोलीले प्रतिपक्षीको साथ पाएर MCC लाई जसरी पनि पास गर्छु भन्दै हिड्नुले नक्सा जारी गर्दा उनीप्रति पलाएको सकारात्मक भावनाले नकारात्मक बाटो समातेको छ । नक्सा जारी गरेर राष्ट्रबादी देखिने त्यसैको अाडमा MCC पास गर्ने षड्यन्त्र अनुसार काम गरेको देखिन्छ । MCC पास गरेपछि अतिक्रमित जमिन फिर्तागर्न कुनै पहल नगर्ने खेलमा लागेका त छैनन , उनको बिगत हेरेर सजिलै अनुमान लगाउन सकिन्छ । कुकुरको पुच्छर १२ बर्ष ढुङ्रामा राखेपनि बाङ्गाको बाङ्गै जस्तै अोलीको राष्ट्रघाती चरित्र उस्तै देखियो ।

नेपाली जनता सीमा अतिक्रमणका बिषयमा जसरी एक जुट भएका छौं ।  MCC खारेज गर्न पनि एकजुट हुनपर्ने अवश्यकता छ । भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यवादको जालो नच्यातेसम्म नेपालको स्वाधीनताको रक्षा गर्न सकिन्न । बर्तमान सत्ताका संचालक बिस्तारबाद र साम्राज्यवादबादका दलाल भएको कुरा अहिले पुनः विभिन्न संचार माध्यममा अाएको छ । ३८ हजार दलालहरु नेपालमा बसेर बिस्तारबाद र साम्राज्यवादको पक्षमा काम गरिरहेकाछन् । दलालको घेराभित्र रहेको भ्रष्ट ब्यवस्थाले जनताको पक्षमा होइन , जसको तलब खाएका छन् उसैको पक्षमा काम गर्छन । बर्तमान ब्यवस्थालाई बदलेर मात्र देशलाई वास्तविक रुपमा स्वाधीन बनाउन सकिनेछ । अान्दोलनलाई त्यो दिशातर्फ केन्द्रित गरौं। MCC खारेज गरौं ।