रीता खनाल

जिन्दगी बग्नुपर्छ
निरन्तर एक नदि झै
ढुङ्गा सङ्ग ठक्कर खाँदै
पहरा फाेर्दै
नाच्दै गाउदै केही 
बटुल्दै केही त्यागदै !!

रङ्गभूमिमा
नायक र ,खलनायक भै
हार र जीतकाे दास भै
निरन्तर चल्नुपर्छ जिन्दगी !!

चुम्नु पर्छ शिखरका पाइलाहरू
कुँदनुपर्छ सङ्घर्षका गाथाहरू
पल्टाउनु पर्छ पुर्खाका इतिहासहरू
काेर्नु पर्छ भविष्यका रेखाहरू !!

गति राेकिए बाँध फुट्छ
स्वास राेकिन्छ
भविष्य अनाथ हुन्छ
अरू कसैकाे राज चल्छ !!

लर्बरिए खुट्टाहरू
तन्किन पर्छ
काटिए हातहरू
साेजिन पर्छ
मागे देशले
रगत बग्नु पर्छ !

जिन्दगी एक समय हाे
गति हाे
निरन्तर बगिरहनुपर्छ
बगिरहनुपर्छ !!!