–अनिलकिशोर घिमिरे
आज कोभिड–१९को महामारीले सारा मानव सभ्यतामाथी हल्लीचल्ली मच्चाइरहेको छ । नेपालमा पनि कोरोना संक्रमणको पहिलो बिरामी फेला परेको करिब चार महिना बितिसकेको छ । लकडाउन भएकै दुई महिना पुरा भएको छ । यतिबेला हामी भयानक जोखिमको चरणमा पुगिसकेका छौं । परिक्षणको दायरा थोरै बढाउदा बित्तिकै कोभिड–१९ का पोजेटिभ केसहरु हवात्तै बढिरहेका छन् । अझ आम रुपमा परिक्षण गर्ने हो भने धेरै संक्रमितहरु देखिने निश्चित छ । खासगरी भारत संगको खुल्ला सिमाना , भारतमा अलपत्र नेपालीलाइ महामारी नफैलदै उद्धार गरि ब्यवस्थापन गर्ने योजना नबनाउने राज्यको उदासिन र नालायकीपनको कारण कैयौ नेपालीहरु लुकिछिपी आउन बाध्य भए । उनिहरुको पहिचान र तथ्याङ्क समेत नभएपछि संक्रमण फैलन सहज बाताबरण बन्यो । अहिले भारतमा लाखौंको संख्यामा संक्रमण फैलिएपछि एकाएक नेपाली दाजुभाइहरु घर फर्किरहेका छन् । अहिले पनि उनिहरु कतिपय सिमानामा नै अलपत्र पर्ने ,भिडभाडमै बसाल्ने , बस र ट्रकहरुमा कोचिएर गाउँ ल्याउने र अब्यवस्थित क्वारेन्टाइनहरुमा राख्ने काम भैरहेको देखिन्छ । यसरि उनीहरुको असुरक्षित यात्रा र बसाइको कारणले गर्दा संक्रमण फैलिने डर बढिरहेको छ र क्वारेन्टाइन वरिपरिका बासिन्दा आतंकित भइरहेका छन् । स्थानिय निकायहरुले आफ्नो सिमित श्रोत साधनको परिचालन गरि केही काम त गरेको देखिन्छ । तर बाहिरबाट आएकाहरु र उनिहरुसंग जोडिएकाहरुको स्वास्थ्य परिक्षण , बसाइ ब्यवस्थापन , सुरक्षित क्वारेन्टाइन निर्माणबारे सरकार उदासिन रहेको छ । लामो लकडाउन संगै निम्न , मध्यम बर्गको परिवारलाइ दैनिक जिबिकोपार्जन गर्नसमेत हम्मेहम्मे परिरहेको छ । कोरोनाको प्रारम्भिक चरणमै सामान्य राहतका कार्यक्रम आए तर खास लक्षित बर्ग सम्म पुग्न नसकेको सर्बत्र गुनासो सुन्न पाइन्छ । तर अव संकट बढ्दै गइरहेको पृष्ठभूमिमा राज्यको उपस्थिती झन फितलो हुदै जानु गम्भिर चिन्ताको बिषय हो ।

कोभिड–१९ बिरुद्ध एक प्रकारको लडाई संसारले लडिरहेको छ । तर हामीले लडाइ जित्नको लागी प्रयाप्त समय पाउदा पनि बुद्धिमताका साथ जित्ने योजना र तयारी गर्न सकेनौं । बास्तवमा यस्तै महामारीको बेला हो , सरकार र जनप्रतिनिधीहरुले आफुलाइ अब्बल देखाउने । यस्तोबेलामा जनताप्रतिको उत्तरदायीत्व बहन गरे पो सधैभरि जनताले सम्झिरहनेछन् । तर हाम्रो सरकार यस्तोबेला कहाँ छ ? के रमिता हेरेर बसेको छ ?सरकारको पहलमा कति गुणस्तरिय पिपिइ बने ? मास्कको उत्पादन के कति भयो ? अहिले नागरिकहरुले प्रयोग गर्ने गरेका मास्कहरु सुरक्षित छन कि छैनन् ? सरकारी स्वास्थ्य केन्द्रहरुमा कोरोना संक्रमितको उपचारको लागी थप सेवा सुबिधा कति पुर्याइयो ? कोरोना महामारीको बिषयमा कतिजना स्वास्थ्यकर्मिहरुलाई बिशेष तालिम दिइयो र कहाँ कहाँ कतिजना खटाइयो ? अत्याबश्यक स्वास्थ्य सामाग्री उत्पादन के कति भयो या कति आयात गरियो ? संक्रामक रोग नियन्त्रण ऐन २०२० अन्तर्गत नै काम गरिएको छ कि त्यसलाइ समयअनुकुल परिमार्जित गरिएको छ ?बाँकेको करैनापूरमा एकसय जना संक्रमित हुँदा हात उठाउनुपर्ने स्थितीले हजारौ संक्रमित बढ्दै जाँदा आउने चुनौतीको आकंलन राज्यले गरेको छ कि छैन ? जिल्ला र स्थानीय स्वास्थ्य केन्द्रहरुले यो स्थीतीमा थप काम गर्न असमर्थ रहेको बताउदै गर्दा जनस्वास्थ्यको मानबिय पक्षमा ध्यान दिने राज्यको खास निकाय कुन हो ? दैनिक ज्यालादारी गर्नेहरु , बिदेशबाट आएकारु , अन्य युवा बिधार्थीहरु अहिले बेरोजगार रहेको र दैनिकी धान्न गाह्रो भइरहेको अवस्थामा उनिहरुलाइ निश्चित ज्याला दिएर स्वयंसेवकको रुपमा परिचालन गर्ने र प्रत्यक स्थानिय निकायहरुमा पूर्वाधार निर्माण , कृषि र अन्य आयआर्जनका काममा प्रोत्साहित गर्न किन ढिलो गरिएको छ ? सुबिधासम्पन्न अस्पताल बनाउने र मानविय स्वास्थ्यको दिर्घकालीन रुपमा ध्यान दिने काम गर्न आएको प्रयाप्त अवसरलाइ किन ख्याल गरिएको छैन ? अहिले सम्म भेन्टिलेटर र आइसियु सहितका अस्पतालको स्थिती हेर्नै हो भने कस्तो बिजोग छ ?अस्पतालकै छतमा हेलिप्याड बनाउन सक्ने ब्यापारीहरुले यो महामारीको बेला जनताको स्वास्थ्य प्रति कत्तिको वास्ता गरिरहेका छन् ? मान्छेको स्वास्थ्यमाथी कालो ब्यापार गर्ने र अन्यत्र लैजानुपर्ने बिरामीलाइ आफ्नोमा ल्याउन एम्बुलेन्स चालकलाइ नै कमिशन दिने निजी अस्पतालहरुले यो बेला बिरामी रोक्न गेट लगाउने कहाँ सम्मको अपराध हो ? यसको नियन्त्रण र नियमन गर्ने कसले र कहिले हो ? केन्द्रको संयन्त्र लकडाउन घोषणा गर्ने र थपक्कै घरमा बस्ने तथा जिल्लाको संयन्त्र लकडाउन कार्यान्वयनको निर्णय गर्दै घर बस्दै गर्नाले सरकारको दायीत्व पुरा होला ?

यी यावत प्रश्नको उत्तर खोज्दै जाँदा सरकारले यो चार महिनाको समयमा कतिपय न्युनतम काम समेत गर्न सकेको देखिदैन । यसो हेर्दा अहिलेसम्म कोरोना महामारी संग जुध्न सक्ने संयन्त्र र योजना बन्न सकेको छैन । संयोगले हाम्रो भौगोलिक अवस्थीति र शुरुमा कोरोना फैलिएको देशसंगको सिधा सम्पर्क कम भएकोले पहिले नै यहाँ आइपुगेन । तर हाम्रै अर्कमन्यताको कारण अब बिस्तारै यसले भयानक रुप लिदैं गएको छ ।
आज सबैतिर अनिश्चित र बिरोधाभासपूर्ण समयको बहस भइरहेको छ । यो सबै सन्त्रास कहिले हट्ला र सामान्य जिवन कहिले शुरु होला भन्ने सर्बत्र जिज्ञासा रहिरहेको छ । इतिहासमा कहिलेपनि नबेहोरेको स्थिती आउँदा अन्यौलग्रस्त जनताका दैनिकीहरुलाई रचनात्मक बनाउने , देशको फरक फरक क्षमताको र दक्षताको जनशक्तिलाई पहिचान गरि उत्पादन र बिकाशको कार्यमा लगाउने काम राज्यको हो ।महामारीको बेला मानिसहरु राज्यको अभिभावकत्व र संरक्षणको आशामा तड्पीरहेका हुन्छन् ।यस्तोबेला राज्यको शक्ति , श्रोत र साधनको उचित प्रयोग गरि नागरिकको जिवनलाइ सहज बनाउन अधिकतम प्रयत्न गर्नुपर्दछ । उपभोक्ताबादले गाँजेको हाम्रो जस्तो समाजमा आत्मनिर्भरताको बाटो पहिल्याउदै जनता प्रति उदार निती अपनाएर जिबनपद्धतीमा नयाँ आयाम थप्न सकिन्छ ।

चिनिया क्रान्तिका नायक क.माओले भन्ने गर्थे –प्रयाप्त उत्पादन ,आम जनताको चाँसो एबं अनुभव र तिनको मानसिक अवस्थालाइ अग्रणी नेतृत्वले सधै ध्यान दिनुपर्छ ।आपतकालीन स्वास्थ्य स्थितीको रुपमा महामारीले जनजीवन र स्वास्थ्यको जाखिम बढाउछ र आर्थिक बिकाशमा गम्भिर असर गर्दछ । साथै सामाजिक त्रास एबं अराजकता निम्ताउन सजिलो हुन्छ । त्यसैले यसलाइ अत्याधिक महत्वका साथ ध्यान दिनुपर्दछ । सायद यहि स्कुलिङले गर्दा चिनले अहिले कोरोना बिरुद्धको लडाई जितिरहेको छ । माओले महामारीको घडिलाई नजरअन्दाज गर्नु ,समयमा सूचना नदिनु , लापर्बाह हुनु ,आफ्नो कर्तब्यलाइ बेवास्ता गर्नु जस्ता कार्यलाइ कडाइका साथ निषेध गरेका थिए । उनले भन्ने गर्थे , प्रकोपको बेला सामाजिक राहतलाई सुदृढ गर्ने ,जनताको आधारभूत जिवनका समस्याहरु समाधान गर्ने र प्रभावित मानिसहरुलाई सकेसम्म चाडै पुनःउत्पादनको काममा फर्काउन जोड दिनुपर्छ ।अहिले चिनका राष्ट्रपति सी चिन पिङ ले भनिरहेका छन् –जनबिश्वासलाई बलियो बनाउन र महामारीलाई निर्मुल गर्न पार्टी तथा सरकारले के गरिरहेका छन् , के गर्नुपर्दछ भन्नेबारे जनतालाई अझ बढि जानकारी दिनुपर्दछ । उनको यहि लगाव र जनताप्रतिको दायीत्वबोधकोकारण त्याँहाका सबै नागरिकहरुलाइ हौसला प्रदान भएको छ र चिनिया जनता यति ठूलो महामारीमा पनि खुसि रहेका छन् ।
आफ्नै समाज र समुदायको स्वस्थ र खुसि जिवनशैली नै राष्ट्रको खुसि हो । तर कतिपय शाषकहरु यहि मौकामा समाज बिथोलेर जिविका चलाउने र कुर्चिको दुरुपयोग गरेर मानविय संबेदनामाथी तस्करी गरिरहेका देखिन्छन् । पूँजिबादले मानिसमा अनाबश्यक प्रतिस्पर्धा , रिस , डाह , क्रोध , भ्रम , उत्तेजना र लोभ जस्ता कुरा श्रृजित बनाएर जीवनपद्धतीलाई नै जटिल बनाइदिएको छ । मान्छे लहलहैमा त्यसैको पिछलग्गु बनिरहेको छ । त्यस जटिलताबाट पार पाउन सरल जीवन जिउने र सहज बाताबरण निर्माण गर्नु आबश्यक छ । हाम्रो देशमा आफुलाइ कम्युष्ट भन्न रुचाउने पार्टीको नेतृत्वमा सरकार भएर पनि जनअपेक्षा अनुसारको कार्य सम्पादन हुन सकिरहेको छैन । यस्तो महामारीको समयमा आम जनताले राज्य कहाँ छ भनेर खोज्ने स्थीती हुनु दुखद पक्ष हो । त्रास ब्यवस्थापन सिद्धान्त बारे द डेनायल अफ डेथ भन्ने पुस्तकमा मानबशास्त्री अर्नेष्ट बेकरले मानिसहरु दोहोरो बिचारबाट स्थापित हुन्छन् भन्ने तर्क गरेका छन् । ति हुन् – एउटा, म जिवित रहन चाहान्छु र अर्को , हामी एकदिन मर्नेछौं । अहिलेको महामारीमा आम जनताले यहि द्धन्द्धात्मक यथार्थतालाई आत्मसात गर्दै जिवनशैलीलाई सहज बनाउनु आबश्यक छ । राज्यले संबिधानमै मौलिक हकको रुपमा ग्यारेण्टि गरिएका जनतालाई रोजगारी , खाधान्न तथा स्वास्थ्य सेवा साथै बाँच्न पाउने जस्ता मौलिक हकहरुको प्रत्याभूति गराउने उपयुक्त समय यहि हो ।

कोरोनाको प्रकृति , बिज्ञहरुको अध्ययन अनुसन्धान ,अहिलेसम्मको फैलावट आदीको बिचार गर्दा अझै लामो समयसम्म यसको असर देखिने कुरालाइ अस्विकार गर्न सकिन्न । बेइजिङको प्रतिष्ठित कम्पनी सानसिनो बिआइओ लाई इबोलाको पूर्ण खोप बिकाश गर्न तिन बर्ष भन्दा बढि समय लागेको थियो । त्यसैले कोभिड–१९ बिरुद्धको खोप बिकाश गर्न र सात अर्ब मानिसको पहँुचमा पुग्न कैयौ बर्ष लाग्न सक्छ । बिल गेट्सले भनेका छन्– मलाइ बिश्वास छ , मानव जातीले यो महामारीलाइ हराउनेछ तर धेरैजसो जनसंख्यालाई यो बिरुद्धको खोप लगाइसकेपछि मात्र त्यो सम्भब छ ।त्यतिन्जेल सम्म जीवन सामान्य बन्ने छैन । उनले भन्छन् – यो महामारी बिकसित देशमा रोकिएपछि बिकाशशिल मुलुकमा तिब्र गतिमा फैलिनेछ र ति मुलुक बिकसितको तुलनामा अझ नराम्ररी प्रभाबित हुनेछन् । गरिव मुलुकमा घरबाटै सम्पादन हुने कामहरु कम छन् ।दुरि कायम गर्ने उपायले पनि राम्ररी काम गर्न सक्दैन ।त्यँहा भाइरस तिब्र गतिमा फैलिनेछ ।स्वास्थ्य सेवा प्रणालीले पनि संक्रमितको राम्ररी उपचार गर्न सक्ने छैन ।यसरी हेर्दा न्यूयोर्क जस्तो शहरलाई समेत अस्तब्यस्त बनाएको कोभिड–१९ ले हाम्रो जस्तो देशलाइ अबश्य सताउनेछ । यसकारण सम्भावीत चुनैतिहरुको आकंलन गरि राज्यको तहबाट युद्धस्तरमा काम गर्न ढिलो गर्नुहुदैन । बिधिशास्त्रका बिद्धान हफिल्ड ले भनेका छन् – जनअधिकार सुनिश्चीत गर्न नसक्ने राज्यले जनतासंग कर्तब्यको मात्र अपेक्षा राख्नु अर्को बेइमानी हो । महामारीको सामना गरिरहदा पक्कै कैयौ जटिलताहरु आइलाग्छन् तर पनि त्यसलाइ योजनाबद्ध रुपमा ,जनताको आधारभूत आबश्यकतालाइ ध्यान दिदै राज्य निरन्तर लागीरहेको अनुभुति हुनु जरुरी छ ।