• सुदिप पाैडेल

आज हामी लकडाउनको ५६ औँ दिनमा छौँ । यस ५६ औँ दिन सम्म आइपुग्दा देशमा काभिड १९ संक्रमितको सँख्या २९६ पुगेको छ र यसबाट मृत्युहुनेको सँख्या २ जना पुगेको छ । यस ५६ आँ दिन सम्म आइपुग्दा तिनै तहका (संघ, प्रदेश र स्थानिय) सरकार माहामारीको आवश्यक तयारी नगरी नचाइने झमेलामा अल्झीएको हामीले छरपस्ट देखी रहेका छौँ ।

लकडाउनको सुरु भए सँगै यता संघिय सरकारले चिनबाट सामान आयात गर्ने ठेक्काको कमिसनको चक्करमा अल्झियो । उता प्रदेश सरकारले हजारौँ नेपालीहरु सिमामा अलपत्र हुँदा पनि उनीहरुलाइ स्वदेशको क्वारेन्टाइनमा राखेर आवश्यक परिक्षण गर्दै घर पठाउने कार्य गर्नुको सट्टा उल्टै गरिब मजदुरी गर्ने नेपालीलाइ सिमा पारी नै भोकै अलपत्र बनाइ संक्रमणको जोखीमको अवस्था सिर्जना गर्यो भने यता स्थानिय सरकार र स्थानिय जनप्रतिनिधिहरु यस कठिन समयमा पनि आफनो स्वार्थ पुरा गर्ने र अनावश्यक ढोङ्क पिट्नमै व्यस्ता रह्रयो । क्वारेन्टाइनको नाममा बाख्राको खोर जस्ता क्वारेन्टाइन बनाउने , राहतका नाममा आफनो चुनावी रणनिती बनाएर बिभेधपुर्ण तरिकाले राहत वितरण गर्ने कार्यमा नै स्थानिय सरकार व्यस्त रह्यो । यिनै सरकारको रमिता हेर्दै आम जनता हरेक दिन आफनो दिनचर्या सहज हुने आशा सहित घरमै थुनिएर प्रतिक्षा गरिरहे । यो सरकारको नाटक र रमिता हेर्दै सोझा गरिब जनता देनिक ज्यालादारी गर्ने मजदुरहरु आफनो पुरानो दिनचर्यामा फर्किने आशा सहित खाली÷आधा पेट अन्नमा निरन्तर आशाको प्रतिक्षारत रहे ।
यहि लकडाउनको समयमा सरकार घृणीत राजनितीको खेलमा उत्रियो । आफनो सत्ता जोगाउन अन्य पार्टि फुटाउने षड्यन्त्रको नाटक राम्रो सँग मन्चन गर्यो । यस्तो भयावह अवस्थामा पनि सरकारलाइ न त आफनो नागरिको चिन्ता रह्रयो न त माहामारी को नै । जनतालाई घरमा थुनी विशिष्टहरुलाइ पास दिइ दिइ ओहरदोहर गर्न अनुमती दिने जस्ता कार्य गर्यो र यसरी नै माहामारीलाइ जितिन्छ भनेर ढुक्क सहित बस्यो ।

अवस्था सहज हुँदा पनि यसरी तयारीमा चुक्यो सरकार :


यसरी सारंसमा हेर्दा लकडाउनको सुरुवाती दिन देखीनै नेपालमा माहामारी संक्रमणको अवस्था अत्यन्त न्युन थियो । अन्तराष्ट्रिय हवाइ र सिमा बन्दले नेपाललाइ तयारी गर्ने ठुलो अवसर पनि दिएको थियो । सुरुवाति समयमा सरकार मुख्य तय दुइ विषयमा बढि सजक र जिम्मेवार रहनु पर्ने थियो । पहिलो मेडिकल तयारीलाइ तिव्र बनाइ परिक्षणलाइ सम्भावित जोखीम क्षेत्रमा तिव्र परिक्षण गर्ने र दोस्रो देशबाहिर अलपत्र परेका आफना नागरिकलाइ सुरक्षित आफनो घर सम्म पुर्याउने । यी दुइ तयारी केन्द्र सरकारले तिब्र तहवरले गर्न सकेको भए स्थानिय सरकारले अन्तर जिल्ला आवागमन ठप्प गरि स्थानिय रुपमा आर्थिक गतिविधि सन्चालन गर्न सक्ने थियो । तर बिडम्बना, कार्यहरु यसको ठिक विपरित रह्रयो । सुरुवाति दिन देखीनै रोगको परिक्षणनै सुस्त हुन थाल्यो र आजको दिन सम्म आइपुग्दा देशभर मुस्किलले दैनिक २ हजार मात्र परिक्षण हुने गरेको छ । यहिले संक्रमण दर हेर्दा यो अति नै न्युन सँख्यामा परिक्षण हो ।
यो ५६ दिनमा ५६ हजार बाहिर अलपत्र नेपालीलाई सुरक्षित घर फर्काउने सम्भावना रहन्थ्यो, ५६ स्थानबाट परिक्षण सुरु गर्न सकिने सम्भावना रहन्थ्यो यदि सरकारले सुरु देखी नै एक्सनमा आइ काम गरेको भए । तर अवस्था उल्टो रह्रयो सरकार आफना नागरिक प्रति अलिकति पनि जिम्मेवार रहेन । विदेशमा रोजगार विहिन नेपालीलाइ भोकै बस्न बाध्य बनायो , सिमा क्षेत्रमा अलपत्र नेपालीलाइ झन् जोखीम पुर्ण अवस्थामा अलपत्र छोड्यो । जसको नतिजा ति अलपत्र नागरिक जोखिमपुर्ण तरिकाले अवैध नाकाबाट प्रवेश गरे र अन्जानबस स्थानिय स्तरमा संक्रमण फैलाउन पुगे ।
यसरी हेर्दा देशमा जुन तरिकाले संक्रमण भएको छ त्यसको मुख्य दोषी नै सरकार र यसको फितलो मेडिकल तयारी नै रहेको छ । अझै मेडिकल तयारी र तिब्र परिक्षण नर्गने हो भने जनताको मृत्यु तिन तरिकाले निश्चित छ पहिले कारोना संक्रमण , दोस्रो भोकमरि र तेस्रो मानसिक तनाव ।

अब के गर्ने ?
अझै पनि संक्रमणलाइ नियत्रणमा लिइ जनजिवन सामान्य बनाउन सकिने सम्भावना छ । यसका लागी अबको १५ दिन कडा लकडाउन पालना गरि परिक्षणलाइ नै तिव्रता दिनु पर्ने हुन्छ । सरकारले रातदिन लागेर परिक्षण उपकरणहरु बिभिन्न देशबाट आयात गरि थप नयाँ ठाँउमा परिक्षण सुरु गर्ने र परिक्षण भइरहेको स्थानहरुबाट पनि परिक्षणलाइ तिब्र बनाउनु बाहेको बिकल्प छैन । अबको १५ दिनमा अहिले संक्रमितको कन्ट्र्याक टेसिङ्कलाइ प्राथमिकतामा राखी तिब्र परिक्षण गर्ने हो भने देशको संक्रमणको बास्तविक तथ्याङ्क थाहा हुने छ र सो तथ्याङ्कको आधारमा जोखीम क्षेत्रको पहिचान गरि आर्थिक गतिविधिलाइ निरन्तर सहज बनाउँदै लान सकिने छ । यसका साथै विदेशमा अलपत्र नेपालीलाई दैनिक सिमित सँख्यामा स्वदेश भित्राएर क्वारेन्टाइनमा राखी परिक्षण गर्दै आफनो आफनो घर सम्म पुयाउन सकिने छ ।

तर्सथ यसरी यो माहामारी दोस्रो बिश्व युद्द भन्दा डरलाग्दो अवस्थामा यस विश्लाई आक्रान्त पारेको छ । यसको विरुद्द लड्ने एक मात्र उपाए भनेकै मेडिकल हतियारलाई मजबुद बनाउने नै हो । त्यसैले सरकारले अब यस तर्फ ध्यान दिनुनै पर्ने हुन्छ र अहिले सम्मको सुस्त तयारीलाइ दुइ÷चौगुना गरि कार्य गरेमा जनतालाइ सुरक्षित बनाइ देशको आर्थिक आवस्था पनि सामान्य बनाउँदै लैजान सकिने छ ।