काठमाडौ‌ंं

जेष्ठ २ गते बसेको लायन्स क्लब अफ काठमाण्डौं छिम्केश्वरीको भर्चुअल बैठकले लायन्स बर्ष २०२०-२१ को लागि अध्क्षयमा द्रोण बिक्रम थापालाई निर्बिरोध निर्वाचित गरेको छ । क्लबका अध्क्षय कुमार नेपालीको अध्क्षयतामा बसेको बैठकमा प्रमुख अतिथि रिजन चियर परसन शिबहरि तिमिल्सिना समेतको उपस्थितिले नयाँ कार्य समितिमा प्रथम उपाध्यक्षमा पेमा लामा, दि्वतीय उपाध्यक्षमा सुमन कार्की, सचिब किरण पोखरेल र कोषाध्यक्षमा राकेश पाण्डे निर्बिरोध निर्वाचित हुनु भएको क्लबका अध्क्ष्य कुमार नेपालीले जानकारि दिनु भयो ।