००नीलम कार्की निहारिका

भीडभाड छ, मतदान गर्ने समय जस्तो ।
फरक यस अर्थमा छ यो भीडमा लोग्नेमान्छे मात्र देखिन्छन् । तिनीहरूको अनुहारमा पोतिएको छ द्वेष, रिस, ग्लानी, भय, यस्तैयस्तै ।
राजधानी हुँदै जिल्ला र विकाससमितिमा परीक्षणकेन्द्र छ । न्यायालयको परिसरमा समेत अर्कै झलक पाइन्छ अस्पतालको । स्वास्थ्यकर्मीको हात चलिरहेछ अनवरत, मेसिनको पाटपुर्जासरि । चलिरहेछ सेम्पल कलेक्सन धमाधम । स्वयंसेवकहरू पङ्क्तिबद्ध बनाउनमा लागेका छन् । सुरक्षाकर्मी घुमिरहेछन् रमन घुमेझैँ । प्रयोगशाला बनेको छ न्यायालय नै ।
रेडियो, टेलिभिजन, स्थानीय एफ्.एम्.बाट सूचना प्रसारण भैरहेछ छिनछिनमा ‘सोर वर्षमाथिका सबै पुरुषले परीक्षणका निम्ति अविलम्ब आÇनो पायक पर्ने केन्द्रमा सम्पर्क राख्नू ¤’ अन्यथा कडा कारबाही हुन सक्ने चेतावनीसमेत प्रवाहित भइरहेछ ।
वडासदस्यसम्मलाई पत्र काटिएको छ । आÇना क्षेत्रका उमेर पुगेका पुरुषको नामावली सङ्कलन गर्ने र केन्द्रमा पठाउने । वडासदस्य, अध्यक्ष, प्रशासनिक निकाय सबैले काम पाएका छन् ।
बाटोघाटो, पानीपँधेरो जहीँतहीँ विषय उही छ – डी.एन्.ए. परीक्षण ¤
समाचारको मुख्य अंश बनेको छ – डी.एन्.ए. परीक्षण ¤
राष्ट्रिय मात्र नभै अन्तर्राष्ट्रिय छापा र टेलिभिजनको समेत ध्यान आकर्षण भएको छ ।
‘स्लाइड मे बापकी तलास ¤’
‘डी.एन्.ए. टेस्ट सर्च अफ फादर ¤’
सनसनी फैलिएको छ जहाँतहीँ – ‘डी.एन्.ए. परीक्षणबाट बाबुको खोजी ¤’
टीकाटिप्पणी आÇनो ठाउँमा छँदै छ ।
पक्षविपक्षको दोहोरी मात्र चलेको हैन, भनाभनमा सीमित नभएर कुटपिटमा उत्रिएका छन् ।
सडकमा प्लेकार्ड र ब्यानर बोकेको जुलुुस चर्को नारा भट्ट्याउँछ ।
‘सिङ्गो राष्ट्र नै एक वेश्याको पछि लागेर हुन्छ ? लाजमर्दो कुरा ¤’
‘कुनचाहिँको भुँडी हो सबै नागरिकलाई सास्ती ¤’
‘घरमा स्वास्नी सोझो बोल्न छाडी, खाना पस्केर खानसमेत दिन्न ।’
‘महादशा लागेछ हामीलाई ।’
परीक्षणको पालो पर्खेर बसेका लोग्नेमान्छे बसिबियाँलो,भलाकुसारी यसै गरी चलेको छ ।
‘न्यायालयको कुर्चीबाट मन लागी परमादेश जारी गर्न पाइन्छ ? मनलाग्दो भो अति नै ।’
‘वेश्याको बच्चाको बाबु पत्ता लागेर लाग्ने कुरा हो ? पातर्नीले दिनुसम्म दुःख दिई ।’
‘प्रतिवादीमा नागरिक हक ऐन रे अनि लोग्नेमान्छे पनि । मेरो गर्भमा रहेको बच्चाको बाबु कायम गरिपाऊँ भनेर रिट हालेकी रे ¤’
‘हो त, को माथि शङ्का छ भन्ने प्रश्नको उत्तरमा भनी रे – श्रीमान्, मलाई थाहा भएन, अँध्यारोमा कहाँ, कोको आए । जति आए उज्यालोसँग डराउने आए । म चिन्दिनँ तर आउन भने पक्कै आए । प्रमाण मेरो पेटको बच्चा छ । आउनेमा लोग्नेमान्छे नै आए । यो मेरो बच्चा हो र कुनै लोग्नेमान्छेको पनि । श्रीमान्, त्यो लोग्नेमान्छे खुट्ट्याइदिनुप¥यो । को हो त्यो ?’
‘यो काम कानुनको हो ?’ भन्ने पत्रकारको उत्तरमा उसले भनिछ – ‘बुधबारको साप्ताहिकमा छापिएको छ । यो अवश्य हो । प्रमाणपत्र बाँड्ने जिम्मा भएपछि भएन त ? मैले धेरै पढेकी छैन तर यति भने थाहा छ, न्याय माग्ने कानुनसँग हो ।’
सानो भट्टीपसल छ । सस्तो रक्सी र सुकुटी, भटमास, छोइला यस्तै पाइन्छ ।
वर्गीय हिसाबले न्यूनवर्गीय धेरै र मध्यम केही पुरुष आउँछन् । पुरुष मात्र ।
अँध्यारो कुनाबाट आवाज आइरहेछ – ‘कुरा मनासिब छ, ठीकै भनेकी हो । फलानाको छोरा, फलानाको नाति भनेर कुन आधारमा वर्षौंदेखि बाँड्दै आएको छ प्रमाणपत्र ? हामी लोग्नेमान्छेलाई कुरा नपच्नु अर्को कुरा, तर कुरो सोरै आना साँचो हो ।’
‘हामी यहाँ भैँसीको खाए पनि राँगोको सुकुटी मानेर खान्छौँ ।’ गलल हाँस्छन् ।
अर्को कुनाबाट थपिन्छ, ‘वेश्याको बच्चा उसको हो, सबै जगत्लाई थाहा छ, बाबु कसलाई थाहा छ ? हा हा ¤’
‘वेश्याको के कुरा, मेरो छोरो मेरै हो भन्ने मलाई के थाहा ?’
‘के भन्छ यो लागेछ बढी नै, अब नथप ¤ बतुराउन पो लाग्यो यो ।’
‘सत्य कुरा भन्दा बौलाहा भइन्छ । तेरो छाती छामेर भन मैले असत्य बोलेँ ? म स्वास्नीलाई विश्वास गर्छु, त्यसैले भन्छु मेरो हो तर स्वास्नीको भुँडीको बच्चा मेरै हो भन्ने के आधार ? तर स्वास्नीसँग त आधार छ । बोकेर हिँड्छे पूरा दस महिना । त्यो पो भनेको त, कुरो नबङ्ग्या न । कुलो र कुरो जता बङ्ग्यायो उतै बाङ्गिन्छ ।’
‘हो ¤ लोग्नेले मेरो बच्चा भन्नासाथ उसको हुने, बिचरा आमाको नहुने ?’
‘यसो भएपछि उसले मेरो बच्चाको बाबु चिनाइपाऊँ भनेर के नराम्रो गरी ।’
भट्टीकै अर्को कुनाबाट अर्को सहमति ।

सडकमा जुलुस निस्कन्छ ।
आइमाईको जुलुस ।
अघिअघि केटाकेटी, आइमाई र पछिपछि पुरुष पनि । बढी आइमाई, केही केटाकेटी र पुरुष । केटाकेटीको हातमा प्लेकार्ड छ, आइमाईको हातमा ब्यानर ।
नारा लाग्छ –
‘अदालतको निर्णय फिर्ता ली ¤’
‘सबै पुरुषमाथि आरोप लाउन पाइँदैन ¤’
‘यस्तो निर्णय चाहिँदैन ¤’
अर्को दिशाबाट अर्को जुलुस आउँछ ।
जुलुसमा उसै गरी महिला, पुरुष र केटाकेटी छन् ।
नारा यस्तो छ –
‘आमाले न्याय पाउनै पर्छ, बाबु को हो भन्नैपर्छ ¤’
‘हचुवामा बाबु भन्न पाइँदैन, त्यस्तो नागरिकता चाहिँदैन ¤’
‘ढुङ्गा अब बोल्नैपर्छ, आइमाईले अधिकार पाउनैपर्छ ¤’
नारा चर्कंदै जान्छ । चर्को नारा, सडक र पेटीभर मान्छे । नयाँसडक र असन, पाटनमा मात्र होइन नगर, जिल्ला, गाउँ नारामा बाँधिएका छन् ।

सङ्घसंस्थालाई गतिलो मसला भएको छ । अन्तक्र्रिया चल्छ होटल र सभाकक्षामा ।

प्रसूति वार्डबाट दिएको अभिव्यक्ति सबै राष्ट्रिय पत्रिकाले छाप्छन् – केही अन्तर्राष्ट्रियले पनि ।
‘हो, म वेश्या हुँ । म जे काम गर्छु, त्यसलाई शब्दकोशले वेश्या नाम दिएको छ । त्यसैले म वेश्या । फुँडी, वेश्या, पातर्नी, रन्डी, धेरै नाम छ मेरो । संज्ञा छ । म पुरुषसँग पैसा लिन्छु र उसैको पुरुषत्व पनि लिन्छु । पैसा लिएर पुरुषत्व किन्छु । लोग्नेमान्छे पैसा तिर्छन् र पुरुषत्व दिन्छन् । म आÇनो वैयक्तिक दिनचर्यालाई यसरी परिभाषित गर्छु यस अर्थमा । म आफू एक वेश्याकहाँ हजारौँ पुरुष आइसके । यसलाई पेसा मान्ने हो भने यस पेसामा महिलाको सहभागिता बढी रहृयो कि पुरुषको ? म एक आइमाई पटकपटक हजारौँ पटक बेचिन्छु वा पटकपटक नयाँ लोग्नेमान्छे किन्छु, त्यो पनि पैसा दिएर होइन, लिएर । मलाई यो समाजले वेश्या भन्छ तर ती हजारौँहजारलाई के भन्छ ? त्यो भीडको सहभागितालाई रन्डीबाज भन्नु, वेश्यागमन भन्नु अलि अमिल्दो लाग्दैन यहाँहरूलाई ?
छाडिदेऔँ यो शाब्दिक परिभाषालाई । मेरो यो समयको माग यो पनि त होइन । म शब्दकोशकै परिभाषा स्वीकारेर भन्छु यति बेला – म वेश्या हुँ । यो वेश्याको गर्भमा बच्चा छ । असल पुरुषले पैसा तिरेर छाडेको बच्चा । जे–जसरी गर्भाधान भए पनि म आमा बनेँ । आमा बन्दै छु । मलाई थाहा छ र तपाईंलाई पनि, सारालाई थाहा छ तर मकहाँ आउनेमध्ये कसैलाई थाहा होला यो उसको हो ? कसले भन्न सक्छ ढुक्कसँग आफैँसँग मात्र पनि यो मेरो हो ? मकहाँ डाक्टर आए, बिरामी आए, वकिल आए, झगडालु आए, मास्टर आए, विद्यार्थी आए, पुजारी आए, भक्त आए, नेता आए, कार्यकर्ता आए, जवान–वृद्ध, आस्तिक–नास्तिक सबै खाले आए । यकिन छैन कोको आए । चिन्दिनँ दोहो¥याएर तर यत्ति थाहा छ जति आए जो आए लोग्नेमान्छे नै आए । मलाई ती सबैबाट एउटा लोग्नेमान्छेको खोजी छ, जसको शुक्रकीट मेरो भएको छ । त्यो शुक्रकीटले न्याय पाउनुपर्छ । नत्र त अन्याय भएन र ?’
पत्रिकापसलमा भीड लागेको छ ।
पत्रिकाको व्यापार मौलाएको छ । फोटोकपी गरेर बिकेका छन् अन्तर्वार्ता ।
केही घरानियाँ लोग्नेमान्छेको रातरातका निद्रा भागेका छन् – कोसौँ टाढा । नतिजा के निस्कने हो ? म गएको थिएँ त्यो महिनामा । हे भगवान्, मेरो नहोस्, नत्र कसरी मुख देखाउने यस समाजमा ?
कसैको मनमा छ शङ्का–उपशङ्का, मौलाउँछ झन्झन् ।
कसैको भोक भाग्छ – कसैको निद ।
शिक्षक–शिक्षिका खाली समयमा घाम तापेर यही कुरा गर्छन् ।
बाबु खोज्ने तरिका गलत छ या सही यही विषय राखेर विद्यार्थीबीच वादविवाद प्रतियोगिता हुन्छ ।
घुम्ती बसका यात्री बोल्छन् – ‘वेश्याको यत्रो हिम्मत ?’
अर्को यात्री थप्छ – ‘खुरुक्क कुनचाहिँको हो, मेरो भनिदिए त साराले दुःख झेल्नुपर्दैन होला । असत्ती मोरो ।’
‘कसरी थाहा हुन्छ र बाबु बन्नेलाई मै बाबु भन्ने, अनि कसरी भनोस् बिचरो यो मेरो हो ।’ वृद्धाको जबाफमा सबै हाँस्छन् गलल ।
‘आफूले गल्ती गरेकै छैन भने के डर ? सेम्पल दिए भैहाल्छ नि ¤ न्यायालयलाई हामीले नसघाउने हो भने न्यायिक प्रक्रिया कसरी अघि बढ्न सक्छ ?’ ड्राइभर ब्रेक लाउँदै बोल्छ ।
रात नब्यूँझँदै, उज्यालो नखस्दै समाचार सुन्न आतुर हुन्छन् कान सबैसबैका ।
आज परीक्षणको नतिजा आयो कि ? म्याच भयो कि ?
तर निरास ¤ अझै आएको छैन ।
परिपत्र आउँछ, टेलिभिजनको समाचारअगाडि –
‘जसरी बोराभरिको चामलबाट ढुङ्गा, धान, निकाल्न पूरै चामल नै नाङ्लोमा खन्याउँदै सग्लो चामल पनि केलाउनुपर्छ, त्यसै गरी एउटा बाबुको खोजी गर्न सम्पूर्ण उमेर पुगेका पुरुषहरूलाई केलाउनुपर्ने भएकोले सर्वसाधारणमा पुग्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ ।’
यसपछि विज्ञापन आउँछ र विज्ञापनपछि मुख्य समाचार ।
मुख्य समाचारमा समाचारवाचक बोल्छ –
‘बाबुको खोजीका लागि पुरुषहरूबाट सेम्पल कलेक्सन जारी ।’
अनि समाचार विस्तारमा आउँछ – ‘म्याच हुनासाथ परीक्षणकेन्द्र बन्द गरिने छ । परीक्षणकेन्द्रको विरोध गर्दै ठूलो ¥याली, ढुङ्गामुढा ।’

अस्पतालको लामो प्रसववेदनापछि शिशु जन्मन्छ ।
बच्चा हेर्ने भीड लाग्छ ।
शिवरात्रिमा पशुपतिको भीडझैँ ।
आमा–बच्चालाई छातीमा टाँसेर स्वर्गको सुख अनुभूति गर्छे ।
पहिलो स्तनपान गराउँदा सन्तुष्टिको लामो श्वास लिन्छे, छाड्छे ।
जन्मेको दोस्रो दिनमै पत्रिकाको अघिल्लो पृष्ठमा रङ्गीन फोटो बनेर छापिन्छ शिशु ।
परीक्षणकेन्द्रमा पुरुषको भीडभाड यद्यपि छ उस्तै ।
प्रायःको हातमा पत्रिका छ ।
शिशुको अनुहारमा, कोही आÇनो अनुहारमा, कोही पङ्क्तिमा बसेको अर्को साथीको अनुहारमा नियाल्छन् ।
‘न्यायालयले आँैसीको जून टिप्न खोज्यो ।’ कसैको टिप्पणी ।
नतिजा अझै आएको छैन, म्याच भएको छैन ।

आमा, शिशु काखमा च्याप्दा सारा घाउ बिर्सन्छे अतीतका । अदालतले रिट दर्ता गर्न मन्जुर नगरेदेखि बहस गर्ने वकिल नपाउँदासम्मका सुरुका अवस्था सम्झन चाहन्न यो बेला ।
मात्र शिशुको हाँसोमा सिङ्गो संसार देख्छे ।
प्रकृतिले आमा हुनुको सौभाग्य मात्र स्त्रीलाई दिएर पुरुषमाथि ठूलो अन्याय गरेको छ, यो एक मातृह्दयको उद्गार हो । भेट्न आउने शुभचिन्तकसँग गुनासो यसैगरी पोख्छे ।

बाबुको खोजी चलिरहेछ ।
ठूलो रकम खर्चिसकेको छ राष्ट्रले – एक बाबुको खोजीमा ।
बाबुको खोजी भइरहेछ, क्रम टुटेको छैन ।

नानी बामे सर्दै छ – टाउको उठाएर ।
अलि पर पुगेर बस्छ, थाकेर अनि हात हल्लाएर इसारा गर्दै बोल्छ पहिलो पटक – पहिलो शब्द ‘आ….मा ¤’
‘आमा ¤’ गुन्जिन्छ हावामा ।
आमा नाच्छे नानीलाई आकाशतिर उचाल्दै ।
मीठो चुम्बन बर्साउँछे कलिलो गालाभरि । छातीमा च्याप्छे मुटुको धडकन सुनिने गरी ।
आमाको खुसी चुलिँदै जान्छ, न उचाई नाप्ने इकाई छ न तौलने यन्त्र नै ।
ती कोटीकोटी खुसीहरू ¤
‘आमा ¤’ गुन्जिन्छ मनभरि, गुन्जिरहन्छ दिनमा पनि रातको निदमा पनि ।

बाबुको खोजी चलिरहेछ ।