काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक स्थगित भएको छ । कोरोना माहामारीका कारण बैठक स्थगित भएको नेकपा केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।बैठक आज ११ बजेलाई बोलाइएको थियो । तर डेढ घण्टा अघिमात्रै स्थगित गर्ने सूचना स्थायी समिति सदस्यहरुलाई पठाइएको छ । बैठक कहिले बस्ने भन्ने पनि खुलाइएको छैन ।