वीरगन्जमा दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ।नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो । आज एकैदिन देशभरमा ५७ जना व्यक्तिमा संक्रमण देखिएको छ। जस मध्य ३९ जना पर्साका रहेका छन्।