काठमाडौं । राष्ट्रिय जागरण अभियानले भारतले नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडकले नेपालको सार्वभौमिकतामाथि प्रहार भएको ठहर गरेको छ । अभियानका तर्फबाट संयोजक सन्तबहादुर नेपालीले विज्ञप्ति निकालेर भारतीय कदम नसच्चिएसम्म आन्दोलन गर्नुपर्ने जनाएको छ ।नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर समेत आफ्नो भूमि फिर्ता लिन ठोस पहल गर्नु गर्नुपर्ने भन्दै अभियानले सरकारलाइ ती कार्यहरु गर्न बाध्य पार्न जनस्तरबाट सशक्त दबाबको दिनुपर्नेमा जोड दिएको छ ।

हेर्नुस् विज्ञप्तिको पूर्णपाठ

राष्ट्रिय जागरण अभियान प्रेस वक्तव्य
भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालको कालापानी लिपुलेक हुँदै मानसरोवर जोड्ने भारतीय सडक उद्घाटन गरेको कार्यप्रति हाम्रो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । भारतिय सासक वर्गको उक्त बिस्तारबादी कदमको राष्ट्रिय जागरण अभियान घोर निन्दा र भत्सर्ना गर्दछ । भारतीय हस्तक्षेप अतिक्रमणका बिरुद्धमा आन्दोलनरत सम्पुर्ण देशभक्तहरुलाइ अभिनन्दन गर्दै उक्त आन्दोलन प्रती एक्यवद्धता प्रकट गर्दछ । सम्पुर्ण राजनैतिक पार्टी , संघसंगठन,र देशभक्त शक्तिहरुको एकीकृत आन्दोलन बाट मात्र नेपाली स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्न सकिने हुदा त्यस प्रकारको आन्दोलन अबिलम्ब उठाउनु पर्ने आवस्यकतामा राष्ट्रिय जागरण अभियान विशेष जोड दिन्छ ।
१८१६ को सुगौली सन्धिमा नेपाल भारत सिमाना काली नदि भएको र त्यसको उद्गमस्थल लिम्पियाधुरा भएको प्रष्ट उल्लेख छ । भारतले लामो समयदेखि लिम्पियाधुरा देखि कालापानी सम्मको भु- भागमा कब्जा जमाउनु, लिपुलेकसम्म आफ्नो भु-भाग भएको झुठो दाबी सहित निरन्तर हस्तक्षेप गर्नु, यहीँ क्रममा उसले लिपुलेकसम्मको भुमि आफ्नो नक्सामा राख्नु र अहिले एकपक्षीय रूपमा चीन जोड्ने सडक समेत निर्माण गर्नु यी सबै भारतीय विस्तारवादको नेपाली स्वाधिनता माथिको नाङ्गो हस्तक्षेप हुन् । भारतीय विस्तारवादद्वारा नेपालको सार्वभौमसत्ता बारम्बार आक्रमण हुँदै आएकोछ । विश्व मानव जगत कोरोनाको संक्रमणले बन्दी बनिरहेको बेला भारतीय विस्तारवादले जुन रूपमा नेपालको राष्ट्रियता माथि नाङ्गो हस्तक्षेप गरेको छ,यो उसको मानवता बिरोधी क्रियाकलाप हो । राष्ट्रिय जागरण अभियान भारतिय सासक वर्गको उक्त बिस्तारबादी कदमको कडा शब्दमा विरोध गर्दछ । भारतले नेपाली भुमी अतिक्रमण गरि बनाइरहेको उक्त सडक निर्माण कार्य बिना सर्त अबिलम्ब बन्द गर्नु पर्दछ । कालापानी दिखी लिम्पियाधुरा सम्मको लगायत अतिक्रमित सम्पुर्ण नेपाली भुभाग नेपाललाई फिर्ता गर्नु पर्दछ ।
भारतीय विस्तारवादले लामो समयदेखि पटकपटक नेपालको सार्वभौमिकतामाथि आक्रमण गर्दै आइरहेको छ । अहिलेसम्मका नेपालका सासकहरु भारतसँग कुटनैतिक रूपमा आफ्नो ठोस कुरा राखेर आफ्नो भुमि फिर्ता गराउन असक्षम भइरहेका छन् । आफ्नो बलियो प्रमाण हुँदाहुँदै प्रष्ट रूपमा कुरा गर्न नसक्नु उनीहरुको भारतीय विस्तारवादपरस्त दलाल मानसिकताले काम गरेको प्रष्ट छ । अहिले नेपाली जनताले झण्डै दुइ तिहाइको जनमत दिएको ओलि सरकारले समेत अतिक्रमण भएको भुमी फिर्ता गर्नेबारे ठोस रूपमा कदम चाल्न सकेको देखिदैन । अहिलेसम्मका नेपालका सासकहरुको भारतपरस्त नीति र क्रियाकलापको हामीले विरोध गर्दै आइरहेका छौ । अहिले पनि हाम्रो प्रष्ट माग छ :- नेपाल सरकारले भारत द्वारा अतिक्रमित पश्चिम लिम्पियाधुरा सम्मको सम्पुर्ण नेपाली भुमि समेटेर तुरुन्तै नेपालको नया नक्सा सार्वजनिक गर्नु पर्दछ । आफ्नो अतिक्रमित भुमि फिर्ता लिन भारतसँग कुटनैतिक पहल अबिलम्ब अगाडी बढाउनु पर्दछ । नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालत सम्म पुगेर समेत आफ्नो भुमि फिर्ता लिन ठोस पहल गर्नु पर्दछ । सरकारलाइ ती कार्यहरु गर्न बाध्य पार्न जनस्तरबाट ससक्त दबाबको सृजना गरिनु पर्दछ ।
२०७७ बैशाख २८
सन्त बहादुर नेपाली
संयोजक