शुक्रराज भण्डारी, दाङ ।
प्यूठान नौबहिनी गाउँपालिका वार्ड नं ९ का १०५ जना नेपाली भारतको पञ्जावमा अलपत्र परेका छन् । पन्जाव, जालन्धर, हुसियारपुरका होटल, रेष्टुराँ, कृषिफर्म, बजार तथा उद्योगहरूमा कार्यरत १०५ जना नेपालीले आफूहरु अलपत्र परेको भन्दै तत्काल उद्धार गरिदिन माग गरेका छन् ।

लामो समयदेखि भएको लकडाउनका कारण त्यहाँको बजार, उद्योग कलकारखाना बन्दका भएपछि उनीहरू बेरोजगार भएका र खान बस्नको धेरै समस्या भएको उनीहरूद्वारा लिखित अनुरोध पत्रमा उल्लेख गरिएको छ ।

आफूहरू घरमै जान चाहेको र सोको व्यबस्थापन गरिदिन उनीहरूले सम्बन्धित नोैवहिनी गाउँपालिका, राजनैतिक दल, संघ संस्था र मिडियालाई अपिल गरेको त्यहाँबाट मधुकर भण्डारीले बताउनु भएको छ ।