काठमाडौँ बैशाख २६

जब जब नेपालमा केही संकटका बेला आउछ तब भारतिय विस्चारवादले नेपाली सीमाना र आन्तरीक राजनीतिमा हस्तक्षेप  गर्छ । अहिले आएको भारतले कोरोना संकटको महामारी चलिरहेका बेला फेरी अर्को नाङगो हस्तक्षप गरेको छ ।
यस अघि राजनीतिक नक्सामा नेपालको कालापानी लिम्पियाधुरा र लिपुलेक पारेको भारतले अहिले त्यही नेपाली भूमि हुदै चीन तिव्वतको मानसरोबर जोड्ने बाटोको उद्घाटन आज गरेको छ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्सबाट उक्त बाटोको उद्घाटन गरेका छन् । भारतले २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गरे पछि एक ईन्च पनि सिमाना गुम्न नदिने भनेको नेपाल सरकारले वार्ताका लागि पहल गर्दा समेत वास्ता नगरेको भारतले अहिले फिल्डमै कब्जा जमाएको छ ।

कालापानी क्षेत्रमा विगत ६० बर्षदेखि भारतीय फौज नेपाली भूमिमा बसिरहेको छ । भारतको भारतकोे पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गमा उक्त लिपुलेक क्षेत्र नेपाल–भारत सीमानाको लिम्पियाधुरा क्षेत्रदेखि निकै वर नेपाली भागमा रहेको छ । राजनाथ सिंहले ट्वीटरमा उल्लेख गरेको गुञ्जी र लिपुलेक नेपालको दार्चुला जिल्लामा पर्दछ । नक्सामा पार्दा त विरोध भईरहेको यो क्षेत्रमा भारतले अन्तराष्ट्रिय स्तरको सडक सञ्जाल बनाउदा समेत सरकार बेखबर जस्तै बनेको छ ।

यसपटक नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि कुनै प्रतिक्रिया दिएको छैन । नेपालस्थित सीमाविद्हरुले भने भारतको यो निर्णयलाई सुगौली सन्धि विपरीत भएको बताएका छन् । यसअघि पनि भारत सरकारले लिपुलेक क्षेत्रलाई आफ्नो भूमिमा पर्ने गरी नक्सा तयार पारेपछि नेपालीहरुले व्यापक विरोध जनाएका थिए । कुटनीतिक तहमा भने यसबारे कुनै छलफल भएन ।