काठमाडौँ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलिदेखि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।

त्यसैले बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आराम गर्न भन्दै निस्किएका थिए ।