काठमाडौं

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो ।