काठमाडौं

चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि आगामी जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस भन्दा पहिला घोषणा गरेको लकडाउन भोलि बिहीबार सकिँदैथियो ।

लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । जसमा २२ जना निको भएकोमा तीन जनामा पुनः संक्रमण देखिएको छ।