मानव जातिको पुर्ख्यौली देवी न्यु वाले मानिसलाई बनाएपछि संसारमा निकै शान्ति थियो। तर एक दिन आकाश र भुइँ बीच एक-अर्कासँग ठोक्किएका थिए। परिणामस्वरुप आकाश फाट्यो। भुइँ पनि तल खस्यो। जमीनको केन्द्रबाट भयङ्कर अग्नि-ज्वाला निस्क्यो र वनमा जताततै आगो लाग्यो जतिततै बाढी आयो। भूत र हिंस्रक जनावरले यस्तो अवस्थामा मानिसहरुलाई पनि मार्नथाले।

देवी न्यु वाले मानिसहरुले “गुहार, गुहार” भनेको आवाज सुनेर उनी मानिसहरुको सहयोग गर्नगइन। उनले सबैभन्दा पहिले भूत र हिंस्रक जनावरलाई मारिन र बाढी नियन्त्रण गरी फुटेको आकाशलाई मरम्मत गर्नथालिन। त्यसका लागि उनी नरकट र दाउरा खोज्न गइन।

उनले टिपेका नरकट र दाउराको उचाइ आकाश जति अग्लो थियो। उनी ती नरकट र दाउरा फुटेको आकाशनेर राखेर आकाशको रंगजस्तै नीलो ढुंगा खोज्नगइन्। नीलो रंगका ढुंगा नपुगेका कारण उनले सेता, पहेला, राता र काला रं‍गका ढुंगा पनि टिपेर दाउरामाथि राखिन। त्यसपछि उनले जमीनमुनिबाट दन्दनाएर निस्किरहेको आगोमा दाउरा राखिन। आगोको रापले गर्दा ती पाँच रंगका ढुंगा पग्लिए। ती पग्लिएका ढुंगाको घोलआकाश फुटेर बनेको चिरामा पर्‍यो। दाउरा बलेर सिद्धिने बेलासम्म फुटेको आकाशको मरम्मत मरम्मत भैसकेको थियो।

हुन त फुटेको आकाशको मरम्मत भइसकेको थियो। तथापि त्यसको आकार पहिलेको आकाशको जस्तो जस्ताको तस्तै हुनसकेन। उत्तर र पूर्वी दिशा दक्षिण र पश्चिमी दिशाको तुलनामा अलि होचा थिए। यसैले सूर्य र चन्द्रमा दक्षिण-पश्चिमी दिशातिर खस्छन्। दक्षिण-पूर्वी दिशातिरको भुइँमा एउटा गहिरो खाल्डो थियो। साना र ठूला नदिको पानी सबै यसै खाल्डोमा खस्थ्यो। त्यो पानी जम्मा हुँदाहुँदै लामो समयपछि दक्षिण-पूर्वी दिशामा समुद्र देखा परेको थियो।

पो हाई समुद्रको पूर्वी क्षेत्रमा पानीमुनिको जमीन देख्न नसकिने एउटा निकै गहिरो नदी थियो। यसको नाम “क्वै श्यु ” थियो। आकाशबाट जमीनमा खसेको पानी वा समुद्रको पानी सबै “क्वै श्यु” मा बग्नेगर्दथ्यो। तर जति पानी बगे तापनि त्यसमा भएको पानीमा कहिल्यै पनि बढी वा कमी भएको देखिएन।

“क्वै श्यु “भित्र पाँचवटा पहाड थिए। तीनीहरुको नाम “तै यु”, “युआन छिआउ”, “फाङ्ग हु”, “येन चाउ” र “फुङ्ग लाई” थियो। हरेक पहाडको उचाइ पन्ध्र हजार किलो मिटर थियो। पहाड-पहाड बीचको दूरी पैंतीस हजार किलोमिटर थियो। पहाडको चुचुरोमाथि सुनबाट बनाइएको दरबार थियो। दरबारका चारैतिर जेडबाट बनाइएका बारहरु थिए। धेरै देवताहरु त्यहाँ बस्नेगर्दथे।
ती पाँचवटा पहाडमा बस्ने पशु-पंक्षी सबैको रंग सेतो थियो। ती पहाडमा धेरै चमत्कारी रुखहरु थिए। ती रुखहरुमा फल्ने फलहरु सबै उच्चस्तरीय ढुंगा र मोतिहरु थिए। साधारण मानिसहरुले यस्तो मीठो स्वादका फलहरु खाएपछि कहिल्यै पनि मर्दैनथे। सेता लुगा लगाउने ती देवताहरुका पिठ्यूँमा साना पखेटा थिए। तीनीहरु स्वतन्त्र रुपमा उड्नसक्थे र क आवत जावत गर्थे। तीनीहरुको जीवन एकदमै सुखमय थियो।

तर ती देवताहरु चिन्तित पनि थिए। किनकि ती पाँचवटा पहाड समुद्रमा घुमिरहेका थिए। ती पहाडहरुको आधार जमीनमा थिएन। जब ठूलो हावा आउँथ्यो, ती पहाड हल्लिन्थे, चल्थे र आकाशको पल्लो किनारसम्म पुग्थे। यो दु:ख सुनाउनका लागि ती देवताहरुले आफ्ना प्रतिनिधलाई यु व्हाङ्ग सम्राटकहाँ पठाए। देवताहरुको घर हराउने कुरामा यु व्हाङ्ग सम्राट पनि चिन्तित थिए। त्यसैले यु व्हाङ्ग सम्राटले ती पाँचवटा पहाड आफ्ना पिठ्यूँमा बोक्नका लागि पन्ध्रवटा ठूला समुद्री कछुवा पठाउन समुद्री देवता “यु छिआङ्गलाई” आदेश दिए। एउटा पहाडलाई एउटा ठूलो कछुवाले बोक्ने, अनि अरु दुइवटा कछुवा पहाडको दायाँ-बायाँ बस्ने र तीनलाई हावा चलेका बेलामा हल्लीनबाट रोक्ने व्यवस्था मिलाइयो। xxप्रत्येक साठी हजारमा यिनीहरुको ड्यूटिमा परिवर्तन आउँथ्यो। ती पाँचवटा पहाड स्थिर भएपछि सबै देवताहरु खुशी भए।

तर दुर्भाग्यवश, कुनै एक वर्ष राक्षसी राज “लुन पो”का एकजना राक्षस “क्वै श्यु”मा माछा मार्न आयो। त्यसको उचाइ
ती पहाडको जत्तिकै थियो। त्यसका माछा मार्ने बाँसका मसिना लट्ठीमा अल्झिएर छवटा ठूलो कछुवा पनि पानी बाहिर परे।ती कछुवाहरु पहाड बोकिरहेका कछुवा नै थिए। त्यसले ती छवटा कछुवालाई आफ्नो घरमा लग्यो। कछुवाको आधार गुमाएका “तै यु” र “युआन छिआउ” दुइवटा पहाडहरु समुद्रमा डुबे। यसमा बसेका देवताहरु हतारपतार गर्दै आ-आफ्ना मालसामानहरु लिएर अन्यत्रै सरे। मिहिनेतका कारण तीनीहरु असिन-पसिन भए।

यु व्हाङ्ग सम्राटले सो कुरा थाहा पाएपछि उनलाई निकै रिस उठ्यो। उनले राक्षसी राज “लुन पो”का बासिन्दाहरुको उचाइ घटाए। बाँकी अन्य तीनवटा पहाड मुनि अझै कछुवा बसिरहेका कारण तीनीहरु सुरक्षित थिए। त्यसैले तीनीहरु हालसम्म पनी चीनको पूर्वी समुद्रमा छन्।  श्रोत CRI NEPALI