बैशाख २२, २०७७ काठमाडौं

कोरोना भाइरसको संक्रमण फैलिन नदिन कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने सबै नाका आगामी एक हप्ता सम्मका लागि सिल गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले कर्णाली प्रदेश छिर्ने सबै नाकाहरु सिल गर्ने निर्णय गरेको हो ।

पछिल्लो समयमा छिमेकी प्रदेशहरूमा ‘सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमित बढ्न थालेपछि सरकारले आफ्नो प्रदेशमा त्यसको प्रभाव फैलिन नदिन यस्तो निर्णय गरेको हो  बाँके, सल्यान, कैलालीको नाका भएर कर्णाली प्रवेश गर्ने नाकाहरुमा विशेष कडाई हुनेछ। सामाजिक विकास मन्त्री एवं प्रदेश स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने सरकारको तयारी छ। नेपालमा अहिलेसम्म जम्मा ७५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भइसकेकाे छ। कर्णाली प्रदेशमा अहिलेसम्म एक जना पनि काेराेना भाइरसकाे संक्रमण देखिएकाे छैन।