२२ वैशाख, काठमाडौं

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको आरोप लागेका सांसदहरू महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद यादवलार्इ अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताएका छन् ।

आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै सांसद यादवले बैशाख १८ मा आयोगमा उजुरी      दिएका थिए । यादवले उजुरी दिएको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआईजीपीले आफूहरुले अपहरण नगरेको भन्दै अर्को निवेदन दिएका हुन् ।