मनु विक

नेपालीको मन भरि राष्ट्रियता छाउनु पर्छ,
पराइको आँखा लाग्दा दश जोगाउन आउनुपर्छ
देश जोगाउने सपना सबैलेनै देख्नु पर्छ,
देखावटी हैन माया भित्र िमनले भेट्नु पर्छ

देश जोगाउछु भनी लाग्दा रगत पनि दिनुपर्छ
परि आए देशको निम्ति शहिद पनि हुनु पर्छ
देशको निम्ति लड्दा मरे कयौ सन्तानहरु हाम्रा
देशको निम्ति लडेर त भए देशका लागी राम्रा

देश जोगाउँछु भन्नेहरु कैयौ हुन्छन् मनका काला
सुम्पिदिन्छन् अस्मितालाई बुझ्नु पर्छ तिनका चाला
मनले विश्वास गर्दा गर्दै दुश्मन संग मिल्न गए
राष्ट्रघात नारी अनेक दिनलाई रात पार्न भ्याए ।

चिन्नु पर्छ सन्ततिले देश बिगार्ने हातहरु
थप्नुपर्छ सन्ततिले देश सपार्ने साथहरु
देश बिग्रदा पूर्व, पश्चिम जाग्राम रहिरहनुपर्छ
सीमा डस्दा पराइले सबै एकजुट हुनु पर्छ ।

सुस्ताउँदैछन् आजभोलि राष्ट्रियताका स्वरहरु
झुकाउँदैछन् आजभोलि सँधै उच्च शिरहरु
राष्ट्रियता गुमाएर झुक्नु हुन्न उच्च शिर
दुश्मनलाई भगाएर बनेका हुन् देशका वीर

इतिहासलाई भुल्यौं भने पछुताउनु पर्ला संधै
लेखिदिनु पर्ला कतै आफ्नै देशमा रुँदै रुँदै
देशकै निम्त बाँच्ने, मर्ने हामी सबले प्रण गरौं
व्यक्ति भन्दा देश हो माथि भनि सारा सन्देश छरौं ।