१२ वैशाख, काठमाडौं

सरकारले यही वैशाख ८ गते  ल्याएको राजनीति दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।