मार्क्सको धर्म, मानवीय मूल्य र हाम्रो लोक संस्कृति                                             एम पी खरेल

“जनताका लागि धर्म अफिम हो “। यो कार्ल मार्क्सको भनाइ धेरै प्रयोग हुने उद्दरण हो। तर कार्ल मार्क्सले कुन दार्शनिक धरातल र सैद्धांतिक धरातलको गहिराइ र कून परिवेशमा भनेका थिए भन्नेको हेक्का नै न राखिकन हाम्रा लोक परम्परा, संस्कृति र स्थानीय धर्मले स्थापित गरेका मानवीय मूल्यहरूमाथि कहिलेकाही प्रहार गरिन्छ। यस्ता भूलहरूले हाम्रो राष्ट्र र स्थानीय चिन्तनमाथि धेरै क्षती पुगेको देखिन्छ।

मार्क्सको यो उनको पुस्तक A Contribution to the Critique of Hegel’s Philosophy of Right भन्ने पुस्तकको परिचयात्मक खण्डमा उल्लेख छ। जसमा थप उद्धरण यस्तो छ, “Religion is the sigh of the oppressed creature , the heart of heartless world , and the soul of soulless conditions । It is the opium of the people ( धर्म उत्पीडितहरूको छोटो शान्तिको सास हो, मुटू विनाको संसारको मुटू हो र आत्मा नभएकाहरूको आत्मा हो। त्यसैले धर्म जनताका लागि अफिम हो ) । यो भनाइले प्राकृतिक र सामाजिक विपतको वेला (वा जूनसूकै अप्ठेरो परिवेशमा ) धर्मले उत्पीडित आत्माहरूले छोटा समय भए पनि एउटा शान्तिको लामो शास फेर्ने मौका सम्म त दिन्छ भन्ने लाइनको वाक्य हटाएर संसारका सबै चिजको व्याख्या र समाधान भौतिकवाद संग छ भनेर मार्क्सको भनाइको दुरूपयोग गरिएको देखिन्छ।

यो विश्वव्यापी कोरोनाले ल्याएको विश्व मानव जातिको संकटको परिवेशमा सम्पन्न देखि देखि विपन्न, धनि देखि गरिब, युरोप र अमेरिका देखि एशिया र नेपालसम्मका सबै मान्छे दुखी आत्माहरू नै हून। ती दुखी आत्माहरूले यो संकटको घडीमा आ-आफ्नो लोक कूल परम्परा र संस्कृति अनुसार इश्वर वा भगवान पूकार्नू कदापि अन्यथा होइन। यो कुनै हाँसी मजाकको विषय नै होइन। यो त मानव जातिको आधुनिक ज्ञान र विज्ञानको सीमाको स्वीकारोक्ति समेत हो। भोलि आधुनिक विज्ञानले कोरोना भाइरसको भ्याक्सिन वा औषधि पत्ता लगाए पनि अरू किटाणु र प्राकृतिक विपत्तिले मान्छेको अस्तित्वको चुनौती दिने त भावी मानव जीवन भरी नै आइरहने छन्। फेरी यस्ता समस्याहरू मानव जातिमाथि दोहोरिरहने नै हुन्छ।

अफिमको जस्तै नशाको कुरा गर्ने नै हो भने धर्म मात्र किन? राजनीतिक नेताहरू, सांस्कृतिक र सामाजिक अभियन्ताहरूले वोल्ने आलंकारिक भाषा र वोली पनि कम मायावी शैली (magical style ) का छैनन्। त्यसैले धर्म मात्र होइन राजनिती सिद्धान्त र अभियान पनि अफिम हो आलोचनात्मक ढंगले हेरिएन भने किनकि एउटा धर्म गुरुले अलंकारिक भाषा प्रयोग मार्फत आफ्ना भक्तजनहरूलाई अफिमको नशाले लट्ठ बनाए झैं मुक्ति र स्वतन्त्रताको विगूल फुक्ने नाउमा कुनै demagogue ले पनि सर्वसाधारणलाइ आफ्नो भासनमार्फत अफिमले झैँ डुबाउन सक्छ। त्यसैले, मार्क्सले एउटा धर्मसंगको प्रसंग भौतिकवादको व्याख्यामा जोडे पनि त्यो अफिमको नसा प्रसङ्ग राजनीतिक, सामाजिक, सांस्कृतिक कुरामा पनि लागू हुन्छ।

मार्क्सको भौतिकवादको पृष्ठभूमी आधुनिक विज्ञान मात्र होइन, यहूदी र इशाइको द्वन्दको पनि हो। मार्क्सको पृष्ठभूमी यहूदी पनि हो जहा इशाइका चर्च गूरुहरूले यहूदीहरू माथि अन्याय र अत्याचार गरेको देखेका र भोगेका पनि थिए। ग्यालिलियोले पृथ्वी गोलो छ भन्दा फाँसी दिनुपर्छ भनेर आधुनिक विज्ञानको अध्ययन र अनूसंधानलाई चुनौती दिने पश्चिमा इशाई धर्म जस्तो क्रूर हाम्रा पूर्वीय हिन्दू, बुद्ध, किरांत, वोन, कन्स्फ्युसियस, लायोत्से जस्ता विचारधारा होइनन पनि। वरू यी विचारधाराहरूले अध्यात्म र विज्ञानको अन्तरसम्बन्धलाइ नै जोड दिन्छन किनकि मानव अस्तित्वको दीगोपन पनि विज्ञान, धर्म र संस्कृति जुधाएर होइन , ती चिजहरूको अन्तर्निहित ज्ञानको उज्यालो पाटो हेरेर मात्र हुने हो।

त्यसैले, मार्क्सको उद्धरणहरूलाई हाम्रा लोक कला, संस्कृति र स्थानीय धर्मभित्रको मानवीय मुल्यको विरूद्ध कदापि प्रयोग गर्ने दूस्शाहस नगरौ। यसले हाम्रो राष्ट्र र रास्ट्रीय संस्कृति लाइ नै भुत्ते बनाउछ। अध्यात्म र विज्ञानको अन्तरसम्बन्धको ज्ञानको पाटो नै उत्तम विकल्प हुन सक्छ।