सुमन पौडेल

कोरोना भाईरसको त्रासले अहिले बिश्वनै ठप्प जस्तो छ। आर्थिक देखी सामाजिक गतिबिधी सबै रोकिएका छन।सबै जना आफ्नो घरमा नै कैदी जसरी बस्नु पर्ने वाध्यत्माक परिस्थिती श्रीजना भएको छ।एउटा परजिवीका कारणले यो अवस्था आउँला भनेर शायदै कल्पना गरिएको थियो होला।त्यसमाथी पनि चिक्त्साबिज्ञानले यती ठुलो फड्को मारेको युगमा।नेपालमा हामी लकडाउनको कारीव एक महिना नजिक छौ।यी एक महिनामा देशका बिभिन्न गतिबिधी सुन्यप्राय छन।हुनत स्वास्थ्य भन्दा ठुलो कुरा यो संसारमा मानिसकालागी शायदै अरु होला।त्यसकारण पनि मानिस सजक र अनुशासित रुपमा लकडाउनको पालना गरीरहेका छन।अहिले मानिसको दिनचर्या धेरै जसो प्रविधीका उपहारहरुले सहज बनाइदिएका छन।त्यसमाथी पनि सामाजिक सन्जालले मानीसलाई वास्तवीक जीवनमा दुरी बढाए पनि भर्चुअल दुनियाँमा भने एक अर्का सँग सँगै भएको आभास गराइरहन्छ।मेरो पनि दिन्चर्या यही प्रविधीका उपकारण सँगै बित्छ।यही क्रममा सामाजिक सन्जालमा अहिलेका परिस्थितीलाई लिएर बिभिन्न टिकाटिप्पनी र आलेखहरु पढ्न पाईन्छ।साथै अहिलेको ताजा अपडेटहरु पनि मात्र औठाको एक क्लिक टाढा छन।यस्तै चिजहरुमा विश्वमा भईरहेको कोरोना भाईरसको अवस्थिती देखी यसको रोकथामका प्रयासहरु सम्म,यसलाई सक्तिसाली राष्ट्रको जैवीक हतियारको सङ्या देखी एक आपसका बिचमा आर्थिक युद्दसम्मको अपुस्ट चर्चासम्म।त्यस्तै नेपालमा भइरहेको कोरोना परिक्षण समिक्षादेखी बिभिन्न्न स्थानमा परिस्थितीले बिवस भएर बिच बाटोमा अलपत्र सरह भएका मानिसहरु सम्म। यस्तै खबरले आहिले नेपाली सामाजिक सन्जाल बहस तताइरहेको छ।यस्ता बिसयमा मेरो मानसपटलले पनि बिभिन्न धारणा बनायो।
अनौठो विश्व परिस्थिती
अहिले विश्व आक्रन्त रहेको कोरोना भाईरसले धेरै जसो प्रभाव अती बिकासित मानिएका मुलुकहरुमा पारीरहेको छ।हरेक पुर्वाधारले सुविधा सम्पन्न मुलुकहरुमा अहिले मानिसको लासले काध नपाउने अवस्था आइसकेको छ।उपचारका लागी बेड नपाएर घरमै छट्पटाएर मृत्‍युवरण गर्न परेको सम्म अवस्था देखिएको छ।हामी मध्य धेरै जसो नेपालीले रोज्ने गरेको जीवनसैली यिनै बिकास राष्ट्रका नागरिकहरुको जस्तै हुने गर्दछ।आखिर किन यस्ता राष्ट्रमा पनि मानिसहरु यस्तो परिस्थिती सहन बिवस छन त?अहिलेको बिकासित राष्ट्रको उपमा पाएकोमा मुलत पश्चिमा मुलुकहरु पर्दछन।यी देशमा स्वतन्त्रता र आर्थिक पाटोलाई धेरै ध्यानमा राख्ने गरिन्छ।अझ भनौ यस्ता देशहरुमा सिमित स्वार्थलाई बढी महत्व दिइन्छ।सामाजिक हिसाबमा चिन्तन राखेर अघी बढ्ने अभिप्राय यहाँ निकै कम पाईन्छ।यस कारण पनि अहीले त्यहा जीवनरक्षाका बहस भन्दा आर्थिक बृदि र प्रभावका बहस धेरै सुनिन्छ।तथापी केही प्रयासनै नभएका त हैनन तर आवश्यक कदमहरु चाल्न ढिलाई हुँदाको परिणाम आहिले देखिदै गएको छ।शायद आहिलेको परिस्थिती बाट मानिसको आफ्नो थलो छोड्ने क्रमलाई घटाइदिने छ।चिन बाट सुरु भएको कोरोना भाईरसले लिएको अहिलेको रुपको शायदै कसैलाई कल्पना थियो।यसले मानव जातीलाई आफ्नो सम्रक्षणका लागि थप चुनौती पनि थपिदिएको छ।
नेपालीका आफ्नै पिडा
कोरोनाको कहरले मानिसको कामकाज ठप्प छ।अझ कतिपय मानिसको आहारनै रोकिने अवस्थामा रहेको छ।कोरोनाको लकडाउनले सुन्य भएको गतिबिधीले गर्दा मानिसलाई यो भाईरसले भन्दा पनि भोकमरीले मार्ने हो कि भन्ने चिन्ता चुलिएको छ।अझ नेपाल जस्तो निम्न आय भएको राष्ट्रलाई त यो चुनौतीका रुपमा देखिन सक्छ।अहिले यस्तै परिस्थितीका बिच कयौ नेपालीहरु भोकभोकै आफ्नो घर फर्किनका लागि पैदल यात्रामा हिंड्न वाध्य छन।तर राज्य सन्यन्त्र भएको/नभएको कुराले शायदै उनिहरुलाई केही फरक पारेको छ।हामी भारत बाट अती नै प्रभावित छौ।हामीलाई राज्य ब्यवस्था चलाउन पनि उनिहरुकै सिको गर्नु पर्ने जस्तो परिस्थिती देखिएको छ।भारतमा कयौ दिन हिंडेर मानिस आफ्नो घर फर्किन वाध्य भएको तर राज्य सन्यन्त्रले आवश्यक पहल नगरेको समाचार आइरहेका छन।ठ्यक्कै त्यही स्थिती नेपालमा पनि सरकारको देखिएको छ।हामी भारत जती भौगोलिक हिसाबमा बिशाल छैनौ।एक दिनमा मेची देखी महाकालीसम्मको यात्रानै तय गर्न सकिन्छ।तसर्थ यस्ता कुरामा पनि ध्यान दिइ आवश्यक सुरक्षा प्रबन्ध मिलाएर उचित ब्यवस्थापन गर्न राज्य ब्यवस्था सक्षम हुनु पर्दछ।भारतमा त यस्तो भएको छ भनेर कानमा तेल हालेर बस्ने हो भने कोरोनाको भन्दा क्षती यता बेहोर्नु पर्ने हुन सक्छ।यस्तो संयुक्त लडाईंमा सबैको साझा सहयोग आवश्यक पर्दछ।तसर्थ यसमा सबैलाई समेटेर अघी बढ्नु नै बुद्दीमता हुन्छ।