कबिता 
“लकडाउनमा सानोकान्छाहरु”                                                   विशाल दर्लामी   

आकाश खुलेको छ
सटरहरु सबै बन्द छन 
सडक प्राय सुनसान छ
घामको तातो रापले
सडक बेगमान तातेको छ
बोरा बोकेका सानोकान्छाहरु
सडक छेउ डुलिरहेका छन
भौतारिरहेका छ्न
सडक छेउछाउ फ्याकिएका
फोहोर खजनाहरु टिप्न
न उनलाइ लकडाउनको डर छ
न दुनियाँको मतलब छ
उनिहरुको एउटै सपना छ
बोकेको बोरा भर्नु
फोहोरलाइ मोहोर सङ्ग साटनु
बिडम्बना !!

शहरका होटल बन्द छन
शहर पुरै बन्द छ
दुनियाँ पुरै बन्दिमा छ
तर सानोकान्छाहरु
सडकमा छन
उनिहरु भोकै छन
उनिहरु प्यासमा छन
उनिहरु रित्तै छन
उनिहरुको घर सडक हो
उनिहरु सडकमै सुत्छन
सडकमै खान्छन
सडमै डुल्छन
फेरि सडकमै सुत्छन
किनकी उनिहरु बेघरबार छन
त्यसैले सानोकान्छाहरु
लकडाउनमा छैनन !!