“रिप” लेख्नु निन्दनीय छ। याे क्रीस्चियन परम्परा हाे। श्रद्धाञ्जली जलाञ्जली समवेदना मट्टी दिनु के हाे ? श्रद्धाञ्जली भनेकाे अास्था हाे। जलाञ्जली जलघाटमा गई मृत्यकलाई जल दिनु हाे। समवेदना भनेको बराबर वेदना हाे। त्यसै गरि चिहानमा मट्टि दिनु पनि मृतका प्रति श्रद्धाञ्जली हो। द्रोस्रो कुरा अास्था अनुरुप मृतकाे पछिल्लो लाेक कामना गर्नुपर्छ ।शैव -कैलाश,वैष्णव- वैकुण्ठ ,कृष्णभक्त -गाेकुल अादि तर वैदिककालमा इन्द्रलाेककाे कामना गरिएको छ।  एउटा अास्था भएको मानिसलाई अर्काकाे अास्थामा धकेल्नु उसकाे अास्था बिरुद्ध हुन्छ।अहिले ञहाँ त जतासुकै “रिप”क्रीस्चियन चलन (Rest In Peace भ्याटिकन चिहान हाे)ले डङ्का पिटेको छ।

अाफ्ना अाफन्त मृतक वा बन्धु स्वजनलाई भ्याटिकन चिहानमा पठाएर हामीले के गरिरहेका छौ ? यसले के देखाउछ भने हामीले अास्थामा मात्रै खेलवाड हाेइन असंवेदनशील पनि निरन्तर बनिरहेछौँ । मृत्युककाे कार्य र याेगदानकाे परिचय दिअौं। यसले अागामी पुस्तालाई कर्ममा प्रेरित गर्दछ। भाेजभतेर भन्दा मृतका नाउमा विद्यालय पुस्तककालय छात्रवृत्ति पाटि पौवा चौताराे धाराे वा यस्तै सार्वजनिक कार्यमा खर्च गरौ। अर्कोतिर मृतसँगसँगै अाफ्नाे तस्बिर हाल्ने कार्य पनि मलाई शाेभनिय लाग्दैन। अास्था संख्या हुलले हुदैन। अास्था अाफ्नै अन्तरअात्माकाे अावाज हाे ,जुन संस्कृतिसँग जाेडिएकाे हुन्छ। संस्कृतिको निर्माण हजारौं हजार वर्षमा भएको हुन्छ तर ध्वस्त पार्न केही समयमा नै सकिन्छ ।

अहिले यस्तै भइरहेछ। याे पूर्खाकाे गौरव नासाे र अाफ्नै महिमामा” रिप” लेखेर ध्वंस नगरौं । याे चलन छिटाे र बिशेष गरि युरोप अमेरिकी बहिर्गमन र तिनका सन्ततिमा” रिप” माेह गहिराे छ । हामी अाफ्ना अास्थाका धराेहर अाउने सन्तलिलाई निरन्तर हस्तान्तरण गरिरहनुपर्छ । संस्कृतिमा खेडबाड नगरौ। संस्कृति गुमे पछि हराउँछ । अत: “रिप” लेखेर निन्दनीय कार्य नगरौ । चाेर डाँकाहरुलाई समेत” रिप” नलेखौं।”याे क्रीस्चियन परम्परा बन्द गरौ। बरु रिप लेख्नुभन्दा लेख्दै नलेखौं। अाफ्नाे संस्कृतिको घात नगरौं ।संस्कृति नासिए अाफ्नाे चिनारी अस्मिता नामेट हुन्छ। अतः अाजै देखि याे कुकृत्य बन्द गरौँ ।