काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । हिंजाे बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । सरकारले घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरेको हाे । पर्यटन मन्त्रालय र सञ्चार मन्त्रालय सम्हाल्नुभएका घिमिरेले पर्यटनमन्त्री योगेश भट्टराईले गठन गरेको नेपाल वायु सेवा निगम सुधार सम्बन्धी कार्यदलको संयोजक भएर पनि काम गर्नुभएकाे थियाे ।