दिवस पाैडेल

सामान्य अर्थमा समाजवाद भन्नाले राज्य संरचनाको उच्चतम प्रजातान्त्रिक प्रणाली जहाँ सामाजीह अर्थात सामुहीक स्वामीत्व र उत्पादनका साधनहरुको प्रजातान्त्रीक नियन्त्रण हुने राजनैतीक व्यवस्था हो । फ्रन्स क्रान्तिपछि यसको वहस सुरु भयो र पेरिस कम्युन सम्म आईपुग्दा यसले वहसमा उच्चतम स्थान प्राप्त ग¥यो । समाजवाद इस्लामीक समाजवाद, काल्पनीक समाजवाद वा पूर्वीय समाजमा रामराज्य अगाडिका नामबाट चर्चामा रह्यो । तर कालमाक्सको पूँजीको रचना र एंगेसको इयुहरिंग विचारधाराको खण्डन पश्चात वैज्ञानिक समाजवादको रुपरेखा सतहमा देखाप¥यो अन्त र २० औं सताव्दीको सुरुवातबाट समाजवादी विचारधाराले संसारभर जर्वजस्त स्थान प्राप्त गर्न थाल्यो । युरोप, ल्याटिन अमेरीका अफ्रिका र एसियामा समेत यसैको प्रभाव स्वरुप समाजवादी विचारधारालाई नकार्न नसकेरनै संसदवादमा पनी समाजवादको नक्कली ऐना देखाउने प्रयास भारतमा जवाहरलाल नेहरु र इन्दिरा गान्दीहरुले गरेको पाइन्छ ।

नेपालको संविधानको धारा ५० को उपधारा १ मा ‘लोक कल्याणकारी राज्य व्यवस्था भित्र तमाम पूजीवादी व्यवस्थाले अवलम्वन गरेका कथित मावअधिकार, धन सम्पत्तीको अधिकार, मूल्य मान्यताभित्र नै आफुलाई राख्नु नै राज्यको राजनीतीक उद्देश्य हुनेछ ’ भनिएको छ

सन् १०७६ मा भारतको संविधानमा ४२ औं संविधान संसोदन विधेयक पारित भयो जसले भारतको संविधानको प्रस्तावनामा नै कयअष्बष्कित र कभअगबिच भारत भनेर उल्लेख गरियो भने नेपालको संविधान २०७२ मा “समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ ”, भनिएको छ । नेपालको संविधानको धारा ५० को उपधारा १ मा ‘लोक कल्याणकारी राज्य व्यवस्था भित्र तमाम पूजीवादी व्यवस्थाले अवलम्वन गरेका कथित मावअधिकार, धन सम्पत्तीको अधिकार, मूल्य मान्यताभित्र नै आफुलाई राख्नु नै राज्यको राजनीतीक उद्देश्य हुनेछ ’ भनिएको छ । भने धारा ५० को उपधारा ३ मा समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने वताइएको छ यसैगरी प्रस्तावनामा पनी यीनै पूंजीवादी मूल्य र मान्यताका आधारमा समाजवादमा प्रतिवद्ध रहदै समृद्ध राष्ट्र निमार्ण गर्न यो संविधान जारी गरियको वताइएको छ ।
यसमाथी विचार गर्दा सन् १९४९ मा भारतले वनाएको संविधान र सन् २०१५ मा नेपालले बनाएको संविधानमा आधारभुत भिन्नता छैन वरु भारतले प्रस्तावनामा अझ प्रष्ट संग सन् १०७६ मा ४२ औं संसोधन मार्पmत क्यखभचभष्नल क्यअष्भतथ क्भअगबिच म्झयअचबतष्अ च्भउगदष्अि क्ष्लमष्ब उल्लेख गरेको छ । यसवाट हामी हाम्रो संविधानको बाटो पत्ता लगाउन सक्छौ कि आजभन्दा ६९ वर्ष अगाडी यस प्रकारको संविधान बनेको भारत, आज भन्दा ४२ वर्ष अगाडी ४२ औं संसोधन मार्पmत धर्मनिरपेक्षता र समाजवादलाई प्रस्तावमानै समावेश गरेको भारत सामाजीक व्याय र समानतालाई सविधानको प्रस्तावनामै संलग्न गरेको भारतमा आज धार्मीक अतिवादी, अति दक्षीणपन्थी भारतीय जनतापार्टिको सरकार छ त्यहाँ २० करोड मुस्लीम धार्मीक असहिष्णुताको सिकार बनीरहेका छन्, १० करोड दलित व्राम्हाणवादको सिकार वनीरहेका छन्, कुल आत्महत्याको ११.२ प्रतिशत आत्महत्या किसानले गरिरहेका छन् , यो ६९ वर्षको संविधानमा समाजवादि व्यवस्थाको परिणाम हो । आजपनी भारतमा कभअगबिचष्कm को लागी गैरवरावरीको विरुद्धमा गरीवीको विरुद्धमा आक्रोस बढिरहेको छ । यद्धपी शिक्षा र स्वास्थ्यमा जवारलाल नेहरु पाला देखीनै सरकारी लगानी विशाल थियो भने सन् १९७६ मा इन्दीरा गान्धीले त वाणीज्य वैंकहरुको सरकारीकरणनै गरेकी थिइन् ।
त्यसको विपरीत नेपालमा कथित वामपन्थीहरु सरकारमा स्पष्ट वहुमतका साथ आएका छन् ।उनीहरु यो भन्दा अगाडीपनी सरकारमा थिय र उनीहरुको आर्थिक निती नवउदारवादी र माफीयाकरणको नै रहेको छ । अझ तुलनानै गर्ने हो भने त यीनीहरुको आर्थीक नीती भारतमा समाजवादी पार्टि (सपा) र वहुजनसमाजवादी पार्टी (वसपा) को भन्दा प्गतीशील छैन । एमाले र माओवादी शिक्षामा निजीकारणमा अभियन्ता नै हुन् अझा उनिहरु शैषिक माफिहरुका उत्पादन कर्तानै हुन् । उनीहरु नेपाली पूजीलाई पूँजी नै नदेख्ने दलाल पूँजीका संस्थापक मध्यकै हुन् यसले यीनीहरुको समाजवाद प्रतिको प्रतिवद्धतालाई बझ्न क. लेनीनको रचना ‘राज्य र क्रान्ती ’ को पहिलो अध्ययन सहयोगी हुनेछ ‘महान क्रान्तीकारी हरुले प्रतीपादन गरेको शिद्धान्त र सिक्षालाई उहाहँरुकै जीवनमा असाध्यै घृणा गरिन्छ तर जव उहाँहरुको मृत्यु हुन्छ त्यसपछी क्रान्तीकारी शिक्षालाई सारहिन तुल्याउदै, त्यसकोे क्रान्तीकारी धारलाई खत्ततम पार्दै उहाँहरुलाई देव प्रतिमाको रुप दिने उत्पीडित वर्गलाई झुक्याउनको लागी ति महान नामहरुलाई गौरव पनी प्रदान गर्ने गरिन्छ । ’ (लेनिन, राज्य र क्रान्ती , पहिलो अध्याय)
लेनीनले त्यतिवेला गरेको अनुभव र हामीले अहिले गरेको अनुभव ठ्याक्कै मिल्दो छ । आ ज माक्र्सवादको नाम र प्रतिमामा, समाजवादको , आवारणमा र कम्युनीष्ट पार्टीको झण्डामा संसदवादीहरु, दक्षिणपन्थीहरु र मेकीयावली राजनीतीककर्मिहरु निकै शक्तिमा देखिन्छन् , नेपालमा एमाले र माओवादी भारतमा नरेन्द्र मोदी , वावा साप, भिम राव अम्वेडकरको नीकै नाम लिन्छन् तर दलितहरुमाथी ब्रामणवाद र मुस्लीमहरुमाथी धार्मीक अतिवादको डण्डा वर्षाउन्छन्, त्यसैगरी चीनमा माओतसेतुङको तस्विरै मुनी वसेर उनलाई महान नै वतायर सि.जीनपिङ उनको राजनीतीको गला काट्छन् ।
संसदवाद भनेको मेकियावली थ्योरी अनुससार राजनीतीमा शक्तिहात पार्न जे पनी जायज हुन्छ भन्ने विचारको अध्यास गर्ने विचार धारा हो । संसदीय निर्वाचनमा पहिलो हुनेले जित्ने अभ्यास अन्र्तगत वहुमत हासील गरीन्छ । इलेक्ट्रोल कलेजमा वहुमत तर कुल जनसंख्याको अल्पमतले शासन गर्ने थ्योरी नै संसदवाद हो । जस्तै ३१ प्रतीशत कुल मत प्राप्त गरी भारतमा नरेन्द्रमोदी स्पष्ट वहुमतको सरकार चलाउँछन् भने नेपालमा पनी यही अध्यास छ ।
यसर िसबै प्रकारका नीती अपनायर संसदमा वहुमत प्राप्त गर्ने व्यवस्थावाट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने वा समाजवाद कार्यन्वयन हुने हुरा सरासर झुठो हो । यएटा पूजीपती स्वार्थको लागी दलवदल गरिरहने यो व्यवस्थाबाट समाजवादमा पुग्न सकिन्न यसैले आम उत्पीडीत वर्गलाई झुक्याउनका लागी प्रयोग गरियको ‘समाजवाद उन्मुख’ शब्द संसदकै प्रयोग हो अर्थात संसदीय झुठ हो ।
REF:
झ्या इ लेनीन् , राज्य र क्रान्ती , (१९१८) अनु. कृष्णप्रकाश श्रेष्ठ (२०६७)
एंग्लेस.एफ. ड्युहरिगं मत–खण्डन, हिन्दी अनुवाद (१९८०)
प्रगती प्रकाशन सोवियत संघ