काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालसहित विश्वका २०६ देशमा फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ८ सय १ जनाको मृत्यु भएको छ भने ८४ हजार ८ सय १ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या ६४ हजार ७ सय १० पुगेको छ भने १२ लाख १ हजार ७६८ जना संक्रमित बनेका छन्। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टानमा सबैभन्दा बढी अमेरिका र फ्रान्समा मृत्यु भएको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १३ सय ३१ जनाको मृत्यु भएको छ भने ३४ हजार १९६ जना संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ११ हजार ३५७ पुगेको छ। त्यस्तै फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ५३ जनाको मृत्यु भएको छ भने ७ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ५६० पुगेको छ भने ८९ हजार ९५३ जना संक्रमित बनेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा इरान र स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ।
संसद्मा हिंसा गर्न आफ्ना समर्थकको भिडलाई उत्साहित गरेको आरोपमा उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।