निश्चल क्षत्री

म दाबीको साथ भन्छु सरकारले गर्नै पर्ने केहि पनि काम गरेको छैन । तपाई हामी नागरिकको चेतना स्तर अनि कृयाकलाप पनि सरकारको जस्तै गैर जिम्मेवार छ । मैले देखे भोगेको आधारमा ७ सुझाबहरु जो सबै मीलि गर्न अतिआबश्यक छ ।

१) लकडाउन समस्याको समाधान होइन
कोरोनाको संक्रमण बिस्तार नहोस भन्नको लागि मात्रै हो । कोरोना लागी सकेकाहरुलाई परिक्षण गरि तत्काल आइसोलेसनमा राखी अन्य जनसंख्याबाट अलग गर्नु उत्तम हुन्छ । सम्भावित सबैको परिक्षण अनिबार्य शर्त हो ।

२) कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएका ब्यक्तिहरु हस्पिटल जादा निजि अस्पतालहरुको रबैया देशद्रोही प्रकारको छ । लुट्न मात्रै अस्पताल रुपि लुटेरा कम्पनी खोलिएको हो भने राज्यले कडा कारबाहि गर्नु पर्छ होइन भने अस्पतालले सबै बिरामीको निशर्त उपचार गर्नु पर्छ । परिक्षण पश्चात कोभिडका बिरामीहरु मात्रै रिफर गर्ने भरपर्दो बाताबरण बनाउनु पर्छ । यदि त्यसो गरिएन भने निजि अस्प्तालमा भोटे ताल्चा ठोक्ने हिम्मत राज्यसंग हुनु पर्छ जनता साथ दिन तयार छन ।

३) कोरोना भाइरसको बिरामीलाई उपचार गर्ने आबश्यक स्वास्थ्य सामाग्रीहरुको उपलबधता बिना अगाडी बढ्नु असम्भव प्राय छ । पिपिआई, सर्जिकल मास्क लगायतको सहज उपलब्धता अहिले सम्म नहुनु राज्य कति बेकम्मा छ भन्ने ज्वलन्त उदाहरण हो ।

४) बिरामी अस्पताल पुगिसके पछि डाक्टरहरुको ब्यबहार अझै कहाली लाग्दो छ । फ्लोरेन्स नाटिङगेलको जीवनि पढेर हासिल गरेको त्यो सर्टिफिकेटले सायदै धिक्कर्ला जुन सेति प्रादेशिक अस्पतालमा भयो त्यो तल्लो स्तरको हर्कत अरु सरकारी अस्पतालमा नहोस । आफ्नो कांधमा जिम्मेवारी आए पछि मेरो बिमा के हुन्छ ? अतिरिक्त शुल्क आउछ कि आउदैन ? परिवारको जिम्मा कस्ले लिन्छ ? भन्ने तमाम प्रश्न गर्ने डाक्टर सापहरु खुरुक्क राजिनामा दिनुस तपाइले नगरे अर्कोले गर्छ अर्कोले पनि नगरे बरु रोग लागेर मरिन्छ तपाईहरु जस्तो अपराधि कदापि भइदैन ।

५) बिदेशबाट र नेपालकै बिभिन्न शहरबाट कोरोनाको डरले गाउ कुलेलाम ठोकेका बहादुर नेपालीहरु गाउ गएसि दशै आए सरि रल्लिएको देख्दा पारो तातेर आउछ । १४ दिन छपक्क घरमा बस्न सक्नु हुन्न भने बांकी समय फोटो फ्रेममा बस्न नपर्ला भन्न सक्दिन । बिदेशबाट आउनेहरुले आफ्नो ट्राभल हिस्ट्री लेख्ने चिकित्सकले प्रश्न गर्दा नढाटी जवाफ नदिने हो भने स्थीति इटालीको जस्तो हुन्छ, स्पेन र फ्रान्सको जस्तो हुन्छ । चिन का जनता ९ हप्ता लामो क्वारेन्टाइनमा बसेर चिन ले कोरोनालाई परास्त गर्‍यो ।

६) डिस इन्फेक्सन स्प्रे देशै भरी छर्किने ब्यब्स्था सबै वडाहरुले गर्नु पर्छ । जति सक्दो धेरै जनसंख्याको परिक्षण गरी सम्भावित संक्रमीतको ट्राभल हिस्ट्री तयार गरेर स्क्रीनिङ गर्न सरकारले सक्नु पर्छ ।

७) सुरक्षा निकायको तदारुपता लोभ लाग्दो छ । म काठमाण्डौ कृतिपुरमा आफ्नै कोठाको सेल्फ क्वारेन्टाइनमा हुदा उहाहरुको गतिबिधि प्रेरणादायक देखे । प्रहरि जवानहरु आफुले मास्क नलगाएर अरुलाई मास्क किन नलगाको ? किन बाहिर हिडेको ? जस्ता धारीला प्रश्न गर्दै थिए । मैल प्रति प्रश्न गरे छत बाटै तपाइको मास्क खोइ ? पिपिआई खोइ ? बिनम्र पुर्बक भन्नु भो चौकीमा २-३ दिनमा आइपुग्छ रे । यो अबस्था मा पनि हाम्रो लागि खटिने सुरक्षा निकायका प्रतिनिधि प्रति मेरो उच्च सम्मान छ, आबश्यक परे सेना पनि परिचालित गर्न सकोस ।

( नोट : म स्वयम February 23, 2020 मा जापानबाट नेपाल आएको ब्यक्ती हु , मैले बिमान्स्थल, नेपाल, हङकङ, ओसका (जापान) सबै ठाउको स्वास्थ्य परिक्षण भोगे । सबै भन्दा फितलो नेपालको थियो । टेकु पुगेर मेरो ट्राभल हिस्ट्री पनि डाक्टरलाई जानकारी दिए, केहि लक्षण देखिएको छैन परिक्षण गर्न पर्दैन भने पछि म निश्चिन्त भए । त्यस पछि चितवन, रुपन्देहि हुदै पाल्पा पुगेर अहिले म काठमाण्डौ मै छु । मैले जापानबाट फर्के पछिको सबै हिस्ट्री नोट गरेको छु । मलाई कुनै समस्या देखिएको छैन । यो महामारीको बिषम परिस्थीतिमा हामी सबै मिलेर एक अर्कालाई सहयोग गरौ । राज्यको मात्रै मुख नटाकौ )