शिक्षा सामाजिक गतिशीलताको महइभ्वपूर्ण पक्ष हो । यो समाज र समाजको भौतिक परिस्थितिसँग एकाकार हुनु पर्दछ । मानिस बहुआयामिक प्राणी भएकाले आफ्नो क्षमतालाई प्रष्फुटन बनाउन शिक्षाको ठुलो भूमिका रहेको हुन्छ । शिक्षाको चरित्र राष्ट्रिय भएन भने मान्छेको चेतना नै पराधीन बन्न सक्छ । आफ्नो समाज, आफ्नो संस्कृति र आफ्नो आवश्यकता अनुसारको शिक्षा पद्धति निर्माण गर्ने मुलुकहरु विश्वको शक्तिमान राष्ट्रको रूपमा पहिचान बनाएका छन् । तर शिक्षाको विभिन्न आयामहरुलाई बुझ्न नसक्ने मुलुकहरु पराधीन बन्ने स्थिति छ । हाम्रो देशको शिक्षा प्रणाली पनि वस्तुगत धरातलमा उभिन सकेको छैन । यसले परिवर्तनलाई आत्मसात गर्न सकेको छैन । यसले राष्ट्रिय विकासमा टेवा पु¥याउन सकेको छैन । सिप, उत्पादन र व्यवसायसँग जोडिन सकेको छैन । नेपालको गरिबीलाई सम्बोधन गर्न सकेको छैन । लाखौँ युवाहरु अहिले पनि कामको खोजीमा, अवसरको खोजीमा देश छोड्न बाध्य छन् । उनीहरुलाई स्वदेशमै व्यवस्थापन गर्नु आवश्यक छ । जुन देशले शिक्षालाई व्यावहारिक बनाएका छन्, युवाहरु उत्पादनमा लागेका छन्, उत्पादित सामान निर्यात गरेका छन्, ती समृद्ध बनेका छन् । जुन देशले मानव शक्ति निर्यात गरेको छ, ती देशहरु झन् गरिबीको सूचकाङ्कमा परेका छन् । जनताको सामाजिक, आर्थिक स्तरमा अर्थपूर्ण परिवर्तनका लागि राष्ट्रिय हित सहितको नीति निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा ध्यान दिनु पर्दछ । सिङ्गो राष्ट्रको विकासमा योगदान पु¥याउन सक्ने तथा श्रम बजारको आवश्यकता अनुरूप उत्पादन गर्ने विषयलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो । हाम्रो देशको संविधानमै समाजवाद उन्मुख लेखिए पनि शिक्षाको क्षेत्रमा त्यो अनुसार योजना र कार्यक्रमहरु ल्याएको पाइएको छैन । राज्य पुनर्संरचनाको मोडालिटी अनुसार शिक्षाको मोडालिटी परिवर्तन गर्ने भनिएको छ । तर स्पष्ट खाका नै छैन । शिक्षाको सुधारका लागि सरकारपिच्छे शिक्षा आयोगहरु बन्ने तर आयोगले दिएका सुझावहरु कार्यान्वयन नगर्ने परिपाटी छ । यसले शिक्षाको परम्परागत चरित्र र यथास्थितिलाई परिवर्तन गर्न सकेको छैन । नेपालको प्राकृतिक श्रोत, साधन, पर्यटन, संस्कृति, उद्योग, जलश्रोत आदिको पर्याप्त सम्भावना भए पनि ती क्षेत्रसँग शिक्षालाई एकाकार गराउन सकिएको छैन । हामीले सरोकारवालालाई यो विषयमा ध्यानाकर्षक गराउनु जरुरी छ । हाम्रै मौलिकता, हाम्रो माटोलाई शिक्षाले छुनु पर्दछ । शिक्षाले चेतना, ज्ञान, विज्ञान, प्रविधिको क्षेत्रमा भइरहेका अभूतपूर्व प्रगतिले निम्त्याएका परिवर्तनलाई आत्मसात गर्नु पर्दछ ।
शिक्षा वारे
731
२२ राजनीतिक दलले गरे एमसिसिकाे बिराेध
‘एकातिर, अमेरिकी साम्राज्यवादको दलाली गरेर सरकार बचाउनका लागि र अर्कातिर, काङ्ग्रेस, माओवादी–केन्द्र र जसपामाझको समीकरण तोड्नका लागि एमसिसी ओलीले पारित गर्ने अभिव्यक्ति दिएका हुन् ।’
कोरोना संक्रमण जोखिम न्यूनीकरण : सरकारले कुन-कुन क्षेत्रमा लगायो प्रतिबन्ध ?
सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, डान्स क्लब, हेल्थ क्लब, जिम खाना, पौडी पोखरी, फुटसल, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितका खेल र मानिसको भीडभाड हुने सबै प्रकारका कार्य पनि वैशाख मसान्तसम्म बन्द गरिएको छ।
जनजाति सम्मेलनको स्थापना दिवसका सन्दर्भमा बिगतका केही सम्झना -रामबहादुर बुढा
जनजाति सम्मेलनमा परि थापाले जनजातिभनेको एकपाउको जिभ्रो हल्लाउनु भन्दा एक धार्नीको टाउका हल्लाउन सजिलो मान्ने जाति हो भन्ने भनाई सधै चर्चा भैरहन्छ। अब जनजातिहरुले पनि आफ्नो त्यो पाम्परागत तरिकालाई बदल्नु पर्छ।
ब्राजिलमा कोरोना संक्रमणका कारण १३ सय बालबालिकाको मृत्यु
ब्राजिलमा हालसम्म कोरोन संक्रमणको कारण १३ सय बालबालिकाको मृत्यु भइसकेको स्थानीय मिडियाले उल्लेख गरेका छन्
साइबर हमलालाई लिएर अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध
मङ्गलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कुराकानीमा राष्ट्रपति बाइडनले राष्ट्रिय हितको 'बलियोसँग' रक्षा गर्ने प्रतिज्ञा गरेका थिए