काठमाडौं

प्रगतीशिल तथा जनवादी गायिका निलिमा पुनको एउटै काखमा हुर्केथ्यौं हामी बोलको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ । गायिका निलिमा पुनको शब्द र संगीत रहेको गीतमा गायनमा साथ सुमन रोक्का मगरले दिएका छन् ।

पञ्चेबाजाको रमाईंलो लयमा रहेको उक्त गीतमा बिदेशीएका दाई र पराई घरमा रोईरहेकी बहिनीको मर्मस्पर्शी कथा र व्यथालार्इ गीतमा समाबेश गरीएको छ ।   गीतको एरेञ्ज झलक संगीतमले गरेका छन् भने भिडियोमा बागलुङ, पर्वत, कास्की लगायत गण्डकी प्रदेशका मनाेरम दृष्यहरु समेटिएको छ । मौलिक एवम मनोरञ्जक र मर्मस्पर्शी सबै शैलीमा निर्माण गरिएको भिडियोमा सुजन थापा, हेमा श्रीष राना, धन बहादुर थापा, हस्तदेवी थापा, पञ्चकली पुन, मनरुपी श्रीष तथा बाल कलाकारमा साजन श्रीष र दिपीका थापाको अभिनय देख्न सकिन्छ । भिडियोकाे छायाङ्कन बिनय थापा छन्त्याले गरेका हुन भने यसको निर्देशन डमर भण्डारीले  गरेका हुन भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् ।भिडियो हेर्नका लागि जीवन शर्माको युटुब च्यानल वा तलको लिङ्कमा क्लीक गर्न सक्नु हुन्छ ।