कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन ४७५ जनाको मृत्यु भएको छ । यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो।

कोरोनाभाइरसको त्रासबीच युरोप र अन्य मुलुकमा पनि उच्च सतर्कता अपनाइएको छ। विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन्। इटलीमा थप ४७५ जनाको ज्यान भएपछि कोभिड-१९ रोगका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ।
कोरोना भाइरसका कारण इटालीमा सबैभन्दा बढी मृत्यु लोम्बार्डी क्षेत्रमा भएको छ। त्यहाँ एकैदिन ३१९ जनाको कोरनाभाइरसका कारण ज्यान गएको छ।