लगानीकर्ताहरु क्लोजआउटको समस्याको सामाधनको माग गर्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन्।

क्लोज आउटमा पर्ने समस्याको समाधानका लागि लगानीकर्ताहरुले बोर्डसँग छलफल गरेका हुन। उक्त छलफलबाट पाँच वटा निष्कर्ष निकालिएको छ।

लगानीकर्ताहरु क्लोज आउटमा पर्ने समस्याको सामाधनका लागि आधा घण्टाको लागि अक्सन मार्केट खोल्नुपर्ने निस्कर्ष निकालेका छन्।त्यसैगरी, छलफलमा ब्रोकर कमिशन घटाउनुपर्ने, दीर्घकालिन लगानीकर्ताहरुक लागि कर घटाउनुपर्ने, शेयर कारोबार अवधिलाई परीक्षणस्वरुप १ घण्टा बढाउने र नेप्सेको अनलाइन कारोबार प्रणलीमा देखिएका समस्या सामाधान गर्न लगानीकर्ता, ब्रोकर, धितोपत्र बोर्ड, नेप्से र वाइकोविच समन्वय गर्नुपर्ने निस्कर्ष निकालेका छन्।