रुपन्देही स्थित नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी १७ लाख घुससहित पक्राउ गरेको छ।

अख्तियारले घुस लिदा लिदै  सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याललाई पक्राउ गरेको हो।

उनीहरुले समेतले जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भनि सेवाग्राहीसंग घुस लिएका थिए। उनीहरुलाई बुलटवलले सिद्धार्थ नगरपालिका १३ अशोका होटल नजिकबाट अख्तियारको टोलीले पक्राउ  गरेको हो।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रदीपकुमार कोइरालाले जानाकरी दिए ।