सुनिल कार्की ।
पाल्पा । मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको लामीडाँडामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन–२, मेहलधारका ५५ वर्षीय मधु श्रेष्ठको मृत्यु भएको हो ।

मोटरसाइकल चालक हिमाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । दुवैजनाको नाता श्रीमान श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

तानसेनबाट बुटवल जाँदै गरेका श्रीमान श्रीमती सवार लु ७ प ४३४ नम्बरको मोटरसाइकलाई लामीडाँडा भन्ने स्थानमा लु २ ख ३१७८ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाकलको पछाडि सवार मधुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुशन्धान भइर्रहरेको प्रहरीले जानकारी दिएकाे छ ।