काठमाडौं । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रतयारोपण सफल भएको र प्रतयारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको बताएका छन् ।

चिकित्सकहरुले प्रधानामन्त्री ओली र उहालाई मिर्गौला दिने भान्जी समीक्षा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल हुनु अस्पतालका लागि ठूलो उपलब्धि भएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. कृष्ण खड्गाले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको सरकारी टोलीलाई प्रत्यारोपणबारे बुधबार अपरान्ह ब्रिफिङ गर्नुभयो ।

‘हामीले पीएमको किड्नी प्रत्यारोपण सफलतापूर्वक ग-यौँ,’ खड्गाले भन्नुभयो, ‘यो अस्पतालका लागि पनि निकै ठूलो उपलब्धि हो।’ यसअघि बुधबार बिहान १०ः०५ बजे सुरु भएको प्रत्यारोपण २ः४५ बजे सम्पन्न भएको डा. प्रेम ज्ञवालीले जानकारी दिनुभएको थियो ।