काठमाडौं
देशमा पछिल्लो समय युवाहरु बढ्दो रुपमा विदेसिएको यर्थाथलार्इ समेटेर यो देशमा नै पसिना पोखौ यहीं माटोमा सुन फलाउन सकिन्छ भन्ने मुल आसय सहितको देशभक्तिपूर्ण भावनाले ओजपूर्ण स्वदेश गीत बजारमा आएको छ ।
गीतको शब्द सृजना प्रगतिवादी युवाकवि/गीतकार आविष्कार कलाले गरेका हुन् । उक्त गीतमा स्वर गायक राजन पालुङ्गा लिम्बुले दिएका छन् भने गीतमा सङ्गीत तथा सङ्गीत संयोजन कृष्णभक्त रार्इको रहेको छ । गीतको बोल ‘सगरमाथा गर्वको छाती’ रहेको छ । यस गीतको म्युजिक भिडियो युमा आर्टसको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
(हेर्नुहोस् भिडियो)