काठमाडौँ

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई आगामी कार्यकालको सीईओमा नियुक्त गरेको हो ।

जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भुगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भुगोल समाजका अध्यक्षका रुपमा कार्यरत छन् । रेग्मी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले ३३ दिनदेखि रिक्त सीईओ नियुक्त गर्न माघ १२ गते अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलाई सदस्य सचिव तोकेको छ ।