अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलार्इ पक्राउ गरेको छ ।

मंगलबार अपरान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुबैजनालाइ त्रिपुरेश्वरस्थित गुठी संस्थानको कार्यालयबाटै पक्राउ गरेकाे आयोगका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो ।

निजहरूले काठभाडौं का.म.न.ऩा.बडा नं. १ गुठी जग्गा गुठी कायम गर्ने विषयमा संस्थानमा चलिरहेकाे मुद्दामा घुस लिएकाे र पछि फिर्ता समेत गरेकाे भन्ने सम्बन्धमा प्राप्त सूचना तथा प्रमाणका आधारमा पक्राउ गरिएकाे जारी विज्ञप्तिमा उल्लेख छ ।