२-१मा विभाजन भएको इजलासको पूर्ण आदेश ४८ घण्टाभित्र जारी हुने पाकिस्तानी अखबार डनले जनाएको छ। मुशर्रफलाई अदालतले राज्य विप्लवको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो।
पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वका अहमल सेठ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिमको बेन्चले मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको हो।
नोभेम्बर ३, २०१७ मा मुशर्रफले संविधानको उल्लंघन गरेको अदालतले बताएको छ। सन् २०१३ नोभेम्बर २० तारिखमा विशेष अदालत गठन गरिएको थियो। सन् २०१६ जुन १९ मा अदालतले मुशर्रफलाई भगौडा करार गरेको थियो।
पाकिस्तानी सेनाका पूर्व प्रमुखसमेत रहेका मुशर्रफ अहिले दुबईमा छन्।