भारतले ९३ रजत र ४५ कास्यपदक सहित ३१२ वटा पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्णपदक जितेको छ । नेपालको यो सर्वा्धिक स्वर्णपदक हो । नेपालले त्यो । नेपालले एउटै संस्करणमा पहिलोपटक यति धेरै संख्यामा स्वर्णपदक जितेको हो ।
६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको छ । तेस्रो स्थानको श्रीलंकाको ४० स्वर्ण रह्यो । ८३ रजत र १२८ कास्यसहित २५१ पदक श्रीलंकाले जित्यो ।
चौथो स्थानको पाकिस्तानको ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित १३१ पदक रह्यो ।
पाँचौं स्थानको बंगलादेशको १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित १३८ पदक रह्यो ।
छैटौं भएको माल्दिभ्सको अवस्था निकै कम रह्यो । एउटा स्वर्ण र ४ कास्य गरी माल्दिभ्सले ५ पदक जित्यो । भुटानले ७ रजत र १३ कास्य गरी २० पदक जित्यो ।
अन्तिम दिन विभिन्न झाँकिसहितको प्रदर्शन गरिएका थियो । त्यस्तै आतिशबाजी पनि गरिएको थियो ।