मंसिर १ , काठमाडौं

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनका अनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति माथि छानविन थालेको छ । त्यसक्रममा आइतबार नेशनल मेडिकल कलेज वीरगञ्ज, नोबल मेडिकल कलेज विराटनगर र चितवन मेडिकल कलेज चितवनमा छापा मारिएको बताएको छ ।

मेडिकल कलेजहरूले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् । छापा मार्दा अनुसन्धान लार्इ सहज होस भनी मेडिकल कलेजका भर्नासम्बन्धी महत्वपूर्ण कागजातहरू जफत गरिएको छ ।

सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिएको छ । तर मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्की दिएपछि सरकारले ठगीमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।