रौतहट:  रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ ।

मंगलबार दिउँसो बम विष्फोट हुँदा  प्रहरी जवान रन्जित यादव घाइते भएका छन् ।  बम प्रहार गर्ने भारत बिहारको ढाका घर भएका भारतीय नागरिक चन्दनकुमार पक्राउ परेका छन् ।

प्रहरी चौकी मठिया इसनाथ नगरपालिका ४ मा पर्दछ । नेपाल भारत सीमा नजिकै चौकी रहेको छ । चौकी अगाडी सेन्ट्री बसेका प्रहरीलाई  लक्षित गरी बम प्रहार गरेका हुन् ।

मोटरसाइकलमा आएका युवाले प्रहरीलाई लक्षित गरेर बम प्रहार गरेका हुन् । प्रहरीले भारतीय नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।