हे युवा
तिम्रो पसिना
कालापानीमा खसे काली बच्न सक्छ
मानेभञ्ज्याङमा खसे मेची बच्न सक्छ
तिम्रो पसिना
मरुभूमिमा खसे
न कालापानी बच्छ
न मानेभञ्ज्याङ
अब कालापानी बचाउन
मातृभूमिले
तिम्रो पसिना माग्दैछन
सुस्ताको सु ई य सु ई य रोग पनि
समाधान गर्न
यो युगले तिमीलाई माग्दैछ
हे युवा ।।

सन् १९६२ देखि दुखिरहेको घाउ
विस्तारवादको सीमा मिच्ने दाउ
शासक
कोही पर्लान दक्षिणको पाउ
होसियार
वीर गोर्खाली हो हाम्रो नाउँ ।

मातृभूमिको पिरमा
कालीमा पानी बग्न रुक्ला
माटो बचाउन
कालीमा रगत बगाउन तयार छौ
पुर्खाको रगत पसिनाले सिंचि‌त
यो माटोमा
फेरि रगतबाटै हामी
नेपाली किल्ला नवीकरण गर्दैछौ
मातृभूमिको लागि ।।

राष्ट्रद्रोह्रीलाई फाँसी
जनता मातृभूमिका साक्षी
उठौ एकैसाथ
भारतीय हस्तक्षेप मुर्दावाद
विश्व विजेता हो नेपाली जाति ।।

देशभित्र बस्ने विदेशी मतियार
सीमाना मिच्ने तीनतिरको सँधियार
सुनेर र हेरेर बस्नु छैन हामीलाई
मातृभूमि बचाउने हाम्रो अधिकार ।।

छिमेकी माथि गर्ने अर्न्तघात
खराव नीति हो विस्तारवाद
नेपालीले बुलन्द पारौ आवाज
भारतीय हस्तक्षेप मुर्दावाद ।। मुर्दावाद ।।