हालै भारत सरकारले नेपाली भुमी लिपुलेक र लिम्पियाधुरा भारतको नक्सामा समावेश गरेकोमा अखिल छैठौं पाल्पाले बिरोध गरेको छ । तानसेनको आन्दोलन चोकमा भएको बिरोध सभालाई सम्बोधन गर्दै अखिल छैठौं पाल्पा जिल्ला अध्यक्ष पुरन पोख्रेलले भारतले नेपाल प्रति गरेको हेपाह प्रवृत्ति कुनै हालतमा मान्य नहुने र भारत द्वारा मिचेको एक एक नेपाली भुभागको हिसाब अखिल छैठौंले लिने चेतावनी दिएका छ्न् । साेहि सभालाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघ केन्द्रीय अध्यक्ष अनिल किसोर घिमिरेले दुइ तिहाइ जनताको सरकार नेपाली भुभाग माथी हस्तक्षेप हुँदा पनी केही कदम नचाल्नु लज्जास्पद विषय भएको र आफुहरु पुन एक पटक बलभद्र कुवंर बनेर नेपाली भुमी खोज्न जाने बताएका छन् ।