काठमाडौँ — तारकेश्वर नगरपालिका–३ स्थित विद्याकुञ्ज इङलिस बोर्डिङको बारदली भत्केर खस्दा ४२ जना विद्यार्थी घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार बारदलीमा बसेर कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थी खेलकुद हेर्दै गर्दा बारदली खसेको हो ।
घाइते अधिकांश बालबालिकाको टाउको र हातखुट्टामा चोट लागेको डीएसपी बालनरसिंह राणाले जनाए । उनीहरुको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।