चिनियाँ रास्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले नेपाली जनतामा अझै कौतुहलता बढाएको छ।आखिर को हुन त सि जिनपिङ?त्यस्को बारेमा जानौ।

जनगणतान्तृक चीनका सन्स्थापक पिता माओत्सेतुङ पछिका शक्तिसाली नेताको दर्जा पाएका सिको जन्म सन १९५३ मा बेइजिङमा भएको थियो।’लाल राजकुमार’का रुपमा जन्म लिएता पनि सि का बाबु कम्युनिस्ट पार्टी समर्थित थिए।सिले पनि आफ्नो प्रारम्भिक राजनीतिक शिक्षा आफ्ना बाबू बाट नै पाए।यद्यपि कयौं पटक विभिन्न गतिविधिका कारणले सि का बाबू कारबाहीमा परे र उनलाइ एउटा उद्योगमा काम गर्न पनि पठाइएको थियो।उनकी आमा पनि चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य थिइन।सन १९६८ मा सि जिनपिङ १५ बर्षको हुदा उनका बाबुलाइ नजरबन्दमा राखियो।त्यहीबेलामा माओको ‘गाउँ झर अभियान’ मा सि लाई पनि गाउमा गएर काम गर्न लगाइयो।तर गाउले जीवन जिउन गाह्रो भएर उनी केही महिनामै बेइजिङ फर्किए।सिले आफ्नो शैक्षिक प्रगतिका रुपमा चीनको सिङ्हुहा बिश्वबिद्धालयबाट रसायन इन्जिनियरिङ गरेका थिए।

उनको राजनीतिक जीवन पनि त्यति सहज रहेन।चिनियाँ कम्युनिस्टको पार्टीको सदस्यका लागि १०औ आवेदनमा सन १९७४मा उनले सदस्यता प्राप्त गरेका थिए।त्यस पश्चात् उनले पार्टीका विभिन्न इकाइहरुमा जिम्मेवारी निभाउदै गए।चिनको हेङ्दिङ प्रान्तको पार्टी सचिव देखि सन २०००मा फुजियानको गभर्नर हुदासम्म सिले पार्टीका विभिन्न पदमा रहेर काम गरे।त्यस क्रममा सन १९९७मा उनलाइ चिनियाँ कम्युनिस्ट पार्टीको १५औ केन्द्रिय समितिमा बैकल्पिक सदस्यको रुपमा प्रस्ताव गरिएको थियो।यसमा उनले सबैभन्दा कम मत प्राप्त गरे।तर सन २००२ मा उनी केन्द्रिय समितिको पुर्ण सदस्यको रुपमा नियुक्त भए।त्यस दौरान उनको भ्रस्टाचार विरुद्धको कडा नीति ले उनलाइ पार्टीमा र देशको मिडियामा नै आफ्नो पहिचान स्थापित गर्न मद्दत गर्यो।त्यसपछी पार्टीको १७औ केन्द्रिय समितिमा उनी नौ सदस्यीय पोलिट्ब्युरो कमिटीमा परेर हुजिन्ताओ पछिको क्रममा रहन सफल भए।यसले नै सि लाई चाइनाको अर्को नेतृत्वको रुपमा स्थापित हुन मद्दत गर्यो।सि चिनियाँ रास्ट्रपति हुनु भन्दा पहिला सन २००९ मा उपराष्टपतिको रुपमा पनि काम गरेका थिए।सन २०१२ मा पार्टीको १८औ केन्द्रिय समिति बाट महासचिवको रुपमा आएपछि नै चाइनाको नेतृत्वमा सिको आगमन निस्चित बनेको थियो।यश क्रममा उनी पार्टी सम्रचना सुदृढ बनाउनका लागि केही महिना अधिकारिक मिडियामा नआइ गुप्तबास बसेका थिए।यसलाई धेरैले चाइनाको नया शक्ति हस्तान्तरणको परिवर्तन कालिन समयको रुपमा लिएका थिए।

त्यसपछि सि जिनपिङ सन २०१३ को चिनियाँ पार्टीको १२औ रास्टृय कङ्रेसबाट चाइनाको रास्ट्रपतिको रुपमा निर्वाचित भएका थिए।सिले आफ्नो योजनामा एउटा औसत मानिसको चाहनाको रुपमा रहेको राम्रो शिक्षा ,आय तथा समाजिक सुरक्षामा बिशेष ध्यान दिनुपर्नेमा जोड दिए।त्यही अनुरुप उनले गरिबी निवारण गरि चीनिया जनतालाइ निम्न आय बाट माथी उकास्ने विभिन्न योजना अघि सारे।सि ले बिशेषत आर्थिक र सामाजिक नितिलाई सुदृढ बनाउनु पर्नेमा बिशेष जोड दिए। भ्रस्टाचार विरुद्ध कडा निति अपनाएका सिले चिनको ब्यपारिक संजालका रुपमा पुरानो सिल्क रोडको मोडालिटिमा बेल्ट एन्ड रोड इनिसिएटिभ अवधारणा अघि सारे।यसरी आफ्नो दोश्रो कार्यकाल सम्हालिरहेका सि जिन्पिङ चीनका शक्तिशाली नेताको रुपमा उदाए।