• हाेम
  • समाचार
  • राजनिति
  • विचार
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • प्रविधि
  • अर्न्तराष्ट्रिय
  • साहित्य
  • सम्पादकीय
  • E-Magzine
साइन इन
स्वागत छ!आफ्नो खातामा लग
आफ्नो पासवर्ड बिर्सिनुभयो?
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
खोज
Monday, January 25, 2021
  • विज्ञापन
  • सम्पर्क
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
रक्त न्युज
  • हाेम
  • समाचार
  • राजनिति
  • विचार
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • प्रविधि
  • अर्न्तराष्ट्रिय
  • साहित्य
  • सम्पादकीय
  • E-Magzine
  • समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो

By
Rakta News
-
2019-10-11
239
Share
Facebook
Twitter

    सिन्धुपाल्चोक/ काभ्रे : इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो।

    पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ९ जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए।

    बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको डीएसपी माधव काफ्लेले जानकारी दिए। मृतक १४ जनाकै सनाखत भएको छ।

    इन्द्रावती ९ का हिरा श्रेष्ठ,  सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको घटनास्थलमै मृत्यु भएको हो।

    त्यसैगरी उपचारका लागि अस्पताल लाने क्रममा ठेगाना नखुलेकी समीता श्रेष्ठ, इन्द्रावती ९ की जुनादेवी लम्साल, गणेश तामाङ, सुमित फुर्कटी, मीना मगर र सुवास अधिकारीको मृत्यु भएको हो। धुलिखेल अस्पतालले घाइते दुईजना काठमाडौं न्युरोमा रिफर गरेको छ। अन्य घाइतेको उपचार भइरहेको छ।

    बसमा दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखच भएकाले मृतकको संख्या अझ बढ्न सक्ने स्थानीय राजु आचार्यले जानकारी दिए।

    घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन्। घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भएको इन्द्रावती गाउँपालिका १० का वडाअध्यक्ष जीवन थापामगरले जानकारी दिए

    Facebook
    Twitter
      अघिल्लो लेखमाहिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔ-सी चिनफिङ
      अर्को लेखमाको हुन सि जिनपिङ ?
      Rakta News
      • Popular
      • Recent
      महिला नेतृत्वलाई नै विश्वास छैन महिलाको क्षमतामा
      संविधान मृत्युको मुखमा उभिएको छ, तर त्यसलाई बचाउनुपर्दछ – मोहनविक्रम सिंह
      राष्ट्रिय स्वाधिनता जडिएको प्रश्न
      निर्वाचन घोषण–पत्र र समृद्धिको सपना
      देश जोगाउने प्रण
      संविधान मृत्युको मुखमा उभिएको छ, तर त्यसलाई बचाउनुपर्दछ – मोहनविक्रम सिंह
      नेपालमा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिने
      रुसमा राष्ट्रपति पुटिनको विरोधमा प्रदर्शन, तीन हजार भन्दा बढि पक्राउ
      नेतृत्वले जनमुक्ति सेनाको भावना दुरूपयोग गरे : प्रधानमन्‍त्री ओली
      वृहत् नागरिक आन्दोलनकाे प्रदर्शन : ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’

      संविधान मृत्युको मुखमा उभिएको छ, तर त्यसलाई बचाउनुपर्दछ – मोहनविक्रम सिंह

      Rakta News - 2021-01-24
      संविधान जारी भएपछि भारतले त्यसमा संशोधनको लागि दबाब दिएको थियो । आफूले भनेजस्तो संशोधन नगरेको हुनाले त्यसले अहिलेसम्म त्यो संविधानलाई स्वागत गरेको छैन
      पुरा पढ्नुहोस्

      नेपालमा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिने

      Rakta News - 2021-01-24
      करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने र काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पताबाट खोप वितरण गरिने जनाइएको छ ।
      पुरा पढ्नुहोस्

      रुसमा राष्ट्रपति पुटिनको विरोधमा प्रदर्शन, तीन हजार भन्दा बढि पक्राउ

      Rakta News - 2021-01-24
      राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीका दसौँहजार समर्थक प्रदर्शनमा सहभागी भएका थिए
      पुरा पढ्नुहोस्

      नेतृत्वले जनमुक्ति सेनाको भावना दुरूपयोग गरे : प्रधानमन्‍त्री ओली

      Rakta News - 2021-01-23
      प्रधानमन्‍त्री ओलीले भने- 'जनमुक्ति सेनाको त्याग र बलिदान बुझेका छौं । यसलाई समाधान गर्ने छौं ।'
      पुरा पढ्नुहोस्

      वृहत् नागरिक आन्दोलनकाे प्रदर्शन : ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’

      Rakta News - 2021-01-23
      लोकतन्त्रलाई समाप्त पार्नेगरी संसद विघटन भएको र यो निर्णय सच्याउनुपर्ने मागसहित विभिन्न अभियन्ताहरु प्रदर्शनमा सहभागी भएका छन्
      पुरा पढ्नुहोस्
      प्रकाशनमा रक्त–प्रवाह त्रैमाशिक पत्रिका

      मोबाइल : ९८५११५८२८८ / ९८४९५४३२७७,

      जि.प्र.का.द.नं.:२७९/०७३/०७४

      स्थायी लेखा नम्बर : ६०६३४८५२२

      रक्त प्रवाह मिडिया प्रा. ली.  द्वारा सन्चालित अन्लाइन www.raktanews.com 

      सुचना विभाग दर्ता नं  :  १५४२/०७६/०७७

      प्रकाशक/सम्पादक :    डेमलाल घिमिरे 

      सह-सम्पादक :             युवराज शर्मा

      व्यवस्थापन :                 सुदिप पौडेल

      कार्यालय :                     कोटेश्वर, काठमाडौ

      Email: rakta288@gmail.com

      • Home
      © सर्वाधिकार सुरक्षित रक्त प्रवाहमा | Web developed by NFS Innovations