महराले कुनै प्रमाण पुग्ने वस्तु रोशनीको कोठामा छाडेको छ छैनन् त्यसमा प्रहरी केन्द्रित छ । रोशीनीको कोठामा एउटा चश्मा फेला परेको छ । भाँच्चिएको त्यो चश्मा महराको हो कि होइन ? भाँच्चिएको चश्माको बाँकी भाग कहाँ छ ? त्यसको खोजी गरिएको छ । महराले शुरुमा आफू रोशनीको कोठामा नगएको दाबी गरेका थिए ।
भाच्चिएको भनिएको चश्मा आफ्नो नभएको र आफूसँग चश्मा सुरक्षित रहेको दाबी गरेका थिए । अब महरा कोठामा पुगेको हो नै भनेपनि जर्बजस्ती प्रमाणित हुन कठिन छ । रोशनीले बयान दिदैमा त्यसको पुष्टि हुनसक्दैन । उनले स्वास्थ्य परीक्षण गर्न शुरुमा नमानेकीले जर्बजस्तीको स्वास्थ्य रिपोर्ट बन्न सक्ने अवस्था छैन ।
अब उनले छाडेको कुनैपनि प्रमाणविक वस्तुमाथि प्रहरीको ध्यान गएको छ । फुटेको चश्मा कसरी महराकै हो भनी प्रमाणित गर्ने । अब महराको भाच्चिएको चश्मा उनैको हो भन्ने पुष्टि भएमात्र जबजस्ती प्रयासको उजरी बलियो हुनसक्छ ।